निर्वाचन प्रक्रियाबारे मतदान अधिकृतलाई प्रशिक्षण
चितवन, १० मंसिर । दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ र शान्तिपूर्ण बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको छ । जिल्लाको ४०८ मतदान केन्द्र आबद्ध अधिकृतहरुलाई निर्वाचन व्यवस्थापन विषयमा प्रशिक्षण गराइएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिनुभयो ।
निर्वाचनका विषयमा मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले निर्वाचनका सैद्धान्तिक र व्यावहारिक पक्षबारे ढकालले प्रशिक्षण दिनुभएको थियो । यस्तै, शान्ति सुरक्षा तथा आवश्यक प्रशासनिक विषयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र चितवनका प्रहरी उपरीक्षक दीपक थापाले प्रशिक्षण दिनुभएको हो । हिजो शनिबार र आज आइतबार उनीहरुलाई प्रशिक्षण दिइएको हो ।
पूर्व प्रधानमन्त्री, मन्त्री र पूर्व मन्त्रीहरु नै उम्मेदवार बनेकाले प्रशिक्षणका क्रममा यसपटक जिल्लामा विशेष ध्यान दिनुपर्ने सुझावसहित मतदान अधिकृतहरुलाई गम्भीर भएर काममा लाग्न निर्देशन दिइएको छ । निर्वाचनमा मतदान अधिकृतबाट अलिकति पनि तलमाथि हुँदा समग्र केन्द्र नै प्रभावित हुने भएकाले सचेत रहन मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्देशन दिइएको ढकालले जानकारी दिनुभयो ।
निर्वाचनका लागि ४०८ मतदान अधिकृत र ४०८ सहायक मतदान अधिकृत गरी ८१६ जना आवश्यक पर्ने भएपनि भैपरी आउने समस्यालाई ध्यानमा राखी ८५७ जनालाई तालीम दिइएको हो । जिल्लामा तीन निर्वाचन क्षेत्रमा ९५ जनाको उम्मेदवारी परेको छ ।
४,८९१ कर्मचारी र स्वयंसेवक खटाइने
चितवनमा १६१ मतदान स्थलको ४०८ मतदान केन्द्रमा १ हजार ६२७ जना स्वयंसेवक तथा ३ हजार २६४ जना कर्मचारी गरेर ४ हजार ८९१ जनशक्ति खटाउने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार कूल १६१ मतदान स्थलमा ४०८ मतदान केन्द्रका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत ८१६ जना, सहायक कर्मचारी १ हजार ६३२ र कार्यालय सहयोगी ८१६ जना खटाइने छ । बाँकी एक हजार ६२७ स्वयंसेवकहरु भने मतदान अधिकृतले छनोट गर्नेछ । जिल्लामा सबै प्रकारका निर्वाचन सामग्रीहरु आइपुगेको छ ।
यसपटकको निर्वाचनमा जिल्लाका ३ लाख ५४ हजार ३६ मतदाता सहभागी हुँदैछन् । स्थानीय तहको निर्वाचन भन्दा यस निर्वाचनमा ४१ हजार ३३ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । विशिष्ट व्यक्तिहरु निर्वाचनमा सहभागी भएकाले सुरक्षा व्यवस्था चुस्त बनाइएको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । जिल्लामा वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुबीच प्रतिष्पर्धा हुने देखिएको छ । अरु साना दलका उम्मेदवारहरु ओझेलमा परेका छन् । अहिले उम्मेदवारहरु चुनावी प्रचार अभियान चलाउँदै घरदैलो गर्न सक्रिय छन् । रासस
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











