निर्वाचन प्रक्रियाबारे मतदान अधिकृतलाई प्रशिक्षण
चितवन, १० मंसिर । दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ र शान्तिपूर्ण बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको छ । जिल्लाको ४०८ मतदान केन्द्र आबद्ध अधिकृतहरुलाई निर्वाचन व्यवस्थापन विषयमा प्रशिक्षण गराइएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिनुभयो ।
निर्वाचनका विषयमा मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले निर्वाचनका सैद्धान्तिक र व्यावहारिक पक्षबारे ढकालले प्रशिक्षण दिनुभएको थियो । यस्तै, शान्ति सुरक्षा तथा आवश्यक प्रशासनिक विषयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र चितवनका प्रहरी उपरीक्षक दीपक थापाले प्रशिक्षण दिनुभएको हो । हिजो शनिबार र आज आइतबार उनीहरुलाई प्रशिक्षण दिइएको हो ।
पूर्व प्रधानमन्त्री, मन्त्री र पूर्व मन्त्रीहरु नै उम्मेदवार बनेकाले प्रशिक्षणका क्रममा यसपटक जिल्लामा विशेष ध्यान दिनुपर्ने सुझावसहित मतदान अधिकृतहरुलाई गम्भीर भएर काममा लाग्न निर्देशन दिइएको छ । निर्वाचनमा मतदान अधिकृतबाट अलिकति पनि तलमाथि हुँदा समग्र केन्द्र नै प्रभावित हुने भएकाले सचेत रहन मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्देशन दिइएको ढकालले जानकारी दिनुभयो ।
निर्वाचनका लागि ४०८ मतदान अधिकृत र ४०८ सहायक मतदान अधिकृत गरी ८१६ जना आवश्यक पर्ने भएपनि भैपरी आउने समस्यालाई ध्यानमा राखी ८५७ जनालाई तालीम दिइएको हो । जिल्लामा तीन निर्वाचन क्षेत्रमा ९५ जनाको उम्मेदवारी परेको छ ।
४,८९१ कर्मचारी र स्वयंसेवक खटाइने
चितवनमा १६१ मतदान स्थलको ४०८ मतदान केन्द्रमा १ हजार ६२७ जना स्वयंसेवक तथा ३ हजार २६४ जना कर्मचारी गरेर ४ हजार ८९१ जनशक्ति खटाउने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार कूल १६१ मतदान स्थलमा ४०८ मतदान केन्द्रका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत ८१६ जना, सहायक कर्मचारी १ हजार ६३२ र कार्यालय सहयोगी ८१६ जना खटाइने छ । बाँकी एक हजार ६२७ स्वयंसेवकहरु भने मतदान अधिकृतले छनोट गर्नेछ । जिल्लामा सबै प्रकारका निर्वाचन सामग्रीहरु आइपुगेको छ ।
यसपटकको निर्वाचनमा जिल्लाका ३ लाख ५४ हजार ३६ मतदाता सहभागी हुँदैछन् । स्थानीय तहको निर्वाचन भन्दा यस निर्वाचनमा ४१ हजार ३३ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । विशिष्ट व्यक्तिहरु निर्वाचनमा सहभागी भएकाले सुरक्षा व्यवस्था चुस्त बनाइएको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । जिल्लामा वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुबीच प्रतिष्पर्धा हुने देखिएको छ । अरु साना दलका उम्मेदवारहरु ओझेलमा परेका छन् । अहिले उम्मेदवारहरु चुनावी प्रचार अभियान चलाउँदै घरदैलो गर्न सक्रिय छन् । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












