कालोसूचीमा नरहेका बंगलादेशका कलेजमा नेपाली विद्यार्थी जान सक्ने
काठमाडौँ, ११ मंसिर । नेपाल शैक्षिक परामर्श संघ इक्यानले चिकित्सा शिक्षाका लागि बंगलादेशका सबै मेडिकल कलेजमा नेपाली विद्यार्थीको भर्नामा रोक नलगाइएको जनाएको छ । आज यहाँ पत्रकार सम्मेलन गरी इक्यानले बंगलादेशका २१ मेडिकल कलेजमा मात्र भर्नामा रोक लगाइएको जनाएको हो ।
शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले सम्बन्धित मुलुकको आधिकारिक निकायसँगको समन्वयमा केही कलेजमा मात्र भर्नामा रोक लगाइएकाले अन्य कलेजमा नियमितरुपमा नेपाली विद्यार्थी जान सक्ने इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताउनुभयो । बंगलादेश सरकारले गुणस्तर र पूर्वाधारका विषयमा प्रश्न उठेपछि ती २१ कलेजमा भर्नामा रोक लगाइएको हो । बंगलादेशमा करिब १५० मेडिकल कलेज छन् । बंगलादेशमा हाल करिब दुई हजार पाँच सय नेपाली विद्यार्थी अध्ययनरत छन् । नेपालका ३० शैक्षिक परामर्श केन्द्रले बंगलादेशका विश्वविद्यालयसँग काम गर्छन् ।
बंगलादेश जाने नेपाली विद्यार्थीको संख्या बढिरहेको समयमा सबै कलेजमा पढ्न नपाउने भन्ने प्रकारको भ्रममा नपर्न संघले आग्रह गरेको छ । इक्यानका उपाध्यक्ष विष्णुहरि पाण्डेकाअनुसार हरेक वर्ष करिब ५०० विद्यार्थी एमबिबिएस अध्ययनका लागि बंगलादेश जाने गर्छन् । संघका पूर्व अध्यक्ष राजेन्द्र बरालले हाल कालोसूचीमा रहेका केलज बन्दको अवस्थामा नरहे पनि अन्तर्राष्ट्रिय विद्यार्थीको भर्ना केही समयका लागि रोकिएको बताउनुभयो ।रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












