उम्मेदवारजस्तै व्यस्त छन् चुनावी अभियानमा कलाकार

काठमाडौँ, १२ मंसिर । राजनीतिक दलका नेता तथा कार्यकर्तालाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले व्यस्त बनाएजस्तै कलाकारलाई पनि चुनावी अभियानमा खट्न भ्याइनभ्याइ छ । मुलुकका विभिन्न निर्वाचन क्षेत्रमा चुनावी माहौल बनाउन कलाकार लागेपछि मतदाताले राजनीतिक भाषण र आश्वासनसहित गीत संगीतको समेत मज्जा लिन पाएका छन्।
वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा आबद्ध उम्मेदवारलाई मत माग्दै कलाकार नै निर्वाचन अभियानमा केन्द्रित भएपछि राजनीतिक सरगर्मीसमेत बढेको हो । लोक दोहोरी गायक बद्री पंगेनी हालसम्म १०० भन्दा बढी चुनावी अभियानमा सहभागी भइसक्नुभएको छ । गायक तथा संगीतकार चेतन सापकोटाको व्यवस्तता पनि पंगेनीको भन्दा कम्ता छैन ।
हाँस्य कलाकार मनोज गजुरेललाई पनि आजकल फुर्सद छैन । देशव्यापी रुपमा चुनावी अभियानमा संलग्न हुनुहुन्छ । यस्तै गायक नवीन खड्का र गायिका टीका पुन पनि चुनावी अभियानमा हुनुहुन्छ । गायक झंकार बुढामगर पनि निरन्तर चुनावी अभियानमा हुनुहुन्छ । अझै २० भन्दा बढी चुनावी अभियानको निम्तो आएको उहाँको भनाइ छ ।
लोकदोहोरी गायिका राधिका हमाल गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार नै हुनुहुन्थ्यो । उहाँको व्यस्तता पनि लोभलाग्दो नै छ । लोकगायक विमलराज क्षेत्री लोकतान्त्रिक गठबन्धनलाई मत माग्दै चुनावी अभियानमा हुनुुहुन्छ । लोकगायक विष्णु क्षेत्री पहिलो चरणको निर्वाचनमा बाग्लुङमा मतदान सकेपछि दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा व्यस्त हुनु भएको छ ।
संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको निर्वाचनमा हामी कलाकार हौँ भनेर बस्ने अवस्था भएन, त्यही भएर वाम गठबन्धनका लागि मतदान गर्न आग्रह गर्दै चुनावी अभियानमा लागेको बताउनु हुने लोकगायक पंगेनी नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार हुनुभएको चितवन क्षेत्र नं ३ मा मत माग्न व्यस्त हुनुहुन्छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी दुई दर्जनभन्दा बढी चुनावीसभामा गीत गाउनु भएका पंगेनीले एमाले महासचिव ईश्वर पोखरेल, स्वतन्त्र उम्मेदवारी दिनुभएका हृदयेश त्रिपाठीदेखि माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर महराको निर्वाचन क्षेत्रमा समेत आफ्नो प्रस्तुति दिनुभएको छ । पंगेनी भन्नुहुन्छ “राजनीतिक स्थिरता मुलुकका लागि आवश्यक छ, हामी कलाकारलाई पनि त्यसले फाइदा गर्छ भन्ने लक्ष्यका साथ म चुनावी अभियानमा छु ।”
हाँस्य कलाकार गजुरेल पनि निरन्तर चुनावी अभियानमा हुनुहुन्छ । चितवनमा रहनुभएका गजुरेलले टेलिफोनमा भन्नुभयो “म त गजुरियल अभियानमा छु, जनतामाझ वाम गठबन्धनलाई साथ दिन आग्रह गरिरहेको छु ।” यस्तै गायक तथा संगीतकार सापकोटाले पनि हालसम्म १०० भन्दा बढी चुनावी अभियानमा सहभागी भएको बताउनुभयो ।
‘उठ युवा हो, जाग युवा हो भन्ने गीत बढी मतदाताले मन पराएका छन्’ संगीतकार सापकोटाले भन्नुभयो । गायिका हमालले रोल्पाको चुनावी अभियानपछि दाङ, नेपालगञ्ज, पाल्पा, बुटवललगायतका स्थानका चुनावी अभियानमा सहभागी हुुने कार्यक्रम तय भएको जानकारी दिनुभयो । लोकतान्त्रिक गठबन्धन विशेष गरी काँग्रेसलाई मत माग्दै हिँडेको उहाँको भनाइ छ ।
गायक खड्का पनि १०० भन्दा बढी चुनावी अभियानमा निरन्तर सहभागी हुनुहुन्छ । खड्काले गाउनु भएको मध्यपश्चिमको लोकलयमा आधारित ‘सिंगारु टप्पा’ नै गाउँदै हिँड्नु भएको छ । “हामी कलाकार मात्रै होइनाँै, राजनीति पनि राम्ररी बुझ्छाँै । त्यही भएर निरन्तर चुनावी अभियानमा लागेका हौँ” उहाँले भन्नुभयो ।
लोक गायक प्रकाश कटुवाललाई पनि चुनावी अभियानले राम्रैसँग तानेको छ । ‘काँग्रेसलाई विजयी गराऔँ’ भन्दै दर्जनौँ स्थानमा मत माग्दै हिँड्नुभएको छ । यस्तै लोकगायक राजु ढकालले पनि काँग्रेसलाई मत दिन आग्रह गरेका चुनावी गीत गाउनुभयो । अर्का लोकगायक विमलराज क्षेत्रीलाई पनि आजकल चुनावले राम्रैसँग तानेको छ । क्षेत्री पनि काँग्रेसको दर्जनौँ चुनावी अभियानमा सहभागी हुनुभयो । उहाँले ‘भोट हालौ रुखमा’ भन्ने गीत तयार पार्नुभएको छ ।
यस्तै लोकगायक पुरुषोत्तम न्यौपानेले पनि चुनावी गीतमार्फत वाम गठबन्धनलाई मत मागिरहनुभएको छ । उहाँको ‘भोट के मा सूर्यमा’ भन्ने चुनावी गीत चर्चामा छ । यस्तै जनसांस्कृतिक महासंघ कास्की शाखाले पनि चुनावी गीत तयार पारेको छ । मौलक लोकलयमा तयार पारिएका चुनावी गीत नै बढ्ता चर्चित देखिएको स्वयं कलाकारकै भनाइ छ । रासस
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...











