उम्मेदवारजस्तै व्यस्त छन् चुनावी अभियानमा कलाकार

काठमाडौँ, १२ मंसिर । राजनीतिक दलका नेता तथा कार्यकर्तालाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले व्यस्त बनाएजस्तै कलाकारलाई पनि चुनावी अभियानमा खट्न भ्याइनभ्याइ छ । मुलुकका विभिन्न निर्वाचन क्षेत्रमा चुनावी माहौल बनाउन कलाकार लागेपछि मतदाताले राजनीतिक भाषण र आश्वासनसहित गीत संगीतको समेत मज्जा लिन पाएका छन्।
वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा आबद्ध उम्मेदवारलाई मत माग्दै कलाकार नै निर्वाचन अभियानमा केन्द्रित भएपछि राजनीतिक सरगर्मीसमेत बढेको हो । लोक दोहोरी गायक बद्री पंगेनी हालसम्म १०० भन्दा बढी चुनावी अभियानमा सहभागी भइसक्नुभएको छ । गायक तथा संगीतकार चेतन सापकोटाको व्यवस्तता पनि पंगेनीको भन्दा कम्ता छैन ।
हाँस्य कलाकार मनोज गजुरेललाई पनि आजकल फुर्सद छैन । देशव्यापी रुपमा चुनावी अभियानमा संलग्न हुनुहुन्छ । यस्तै गायक नवीन खड्का र गायिका टीका पुन पनि चुनावी अभियानमा हुनुहुन्छ । गायक झंकार बुढामगर पनि निरन्तर चुनावी अभियानमा हुनुहुन्छ । अझै २० भन्दा बढी चुनावी अभियानको निम्तो आएको उहाँको भनाइ छ ।
लोकदोहोरी गायिका राधिका हमाल गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार नै हुनुहुन्थ्यो । उहाँको व्यस्तता पनि लोभलाग्दो नै छ । लोकगायक विमलराज क्षेत्री लोकतान्त्रिक गठबन्धनलाई मत माग्दै चुनावी अभियानमा हुनुुहुन्छ । लोकगायक विष्णु क्षेत्री पहिलो चरणको निर्वाचनमा बाग्लुङमा मतदान सकेपछि दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा व्यस्त हुनु भएको छ ।
संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको निर्वाचनमा हामी कलाकार हौँ भनेर बस्ने अवस्था भएन, त्यही भएर वाम गठबन्धनका लागि मतदान गर्न आग्रह गर्दै चुनावी अभियानमा लागेको बताउनु हुने लोकगायक पंगेनी नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार हुनुभएको चितवन क्षेत्र नं ३ मा मत माग्न व्यस्त हुनुहुन्छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी दुई दर्जनभन्दा बढी चुनावीसभामा गीत गाउनु भएका पंगेनीले एमाले महासचिव ईश्वर पोखरेल, स्वतन्त्र उम्मेदवारी दिनुभएका हृदयेश त्रिपाठीदेखि माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर महराको निर्वाचन क्षेत्रमा समेत आफ्नो प्रस्तुति दिनुभएको छ । पंगेनी भन्नुहुन्छ “राजनीतिक स्थिरता मुलुकका लागि आवश्यक छ, हामी कलाकारलाई पनि त्यसले फाइदा गर्छ भन्ने लक्ष्यका साथ म चुनावी अभियानमा छु ।”
हाँस्य कलाकार गजुरेल पनि निरन्तर चुनावी अभियानमा हुनुहुन्छ । चितवनमा रहनुभएका गजुरेलले टेलिफोनमा भन्नुभयो “म त गजुरियल अभियानमा छु, जनतामाझ वाम गठबन्धनलाई साथ दिन आग्रह गरिरहेको छु ।” यस्तै गायक तथा संगीतकार सापकोटाले पनि हालसम्म १०० भन्दा बढी चुनावी अभियानमा सहभागी भएको बताउनुभयो ।
‘उठ युवा हो, जाग युवा हो भन्ने गीत बढी मतदाताले मन पराएका छन्’ संगीतकार सापकोटाले भन्नुभयो । गायिका हमालले रोल्पाको चुनावी अभियानपछि दाङ, नेपालगञ्ज, पाल्पा, बुटवललगायतका स्थानका चुनावी अभियानमा सहभागी हुुने कार्यक्रम तय भएको जानकारी दिनुभयो । लोकतान्त्रिक गठबन्धन विशेष गरी काँग्रेसलाई मत माग्दै हिँडेको उहाँको भनाइ छ ।
गायक खड्का पनि १०० भन्दा बढी चुनावी अभियानमा निरन्तर सहभागी हुनुहुन्छ । खड्काले गाउनु भएको मध्यपश्चिमको लोकलयमा आधारित ‘सिंगारु टप्पा’ नै गाउँदै हिँड्नु भएको छ । “हामी कलाकार मात्रै होइनाँै, राजनीति पनि राम्ररी बुझ्छाँै । त्यही भएर निरन्तर चुनावी अभियानमा लागेका हौँ” उहाँले भन्नुभयो ।
लोक गायक प्रकाश कटुवाललाई पनि चुनावी अभियानले राम्रैसँग तानेको छ । ‘काँग्रेसलाई विजयी गराऔँ’ भन्दै दर्जनौँ स्थानमा मत माग्दै हिँड्नुभएको छ । यस्तै लोकगायक राजु ढकालले पनि काँग्रेसलाई मत दिन आग्रह गरेका चुनावी गीत गाउनुभयो । अर्का लोकगायक विमलराज क्षेत्रीलाई पनि आजकल चुनावले राम्रैसँग तानेको छ । क्षेत्री पनि काँग्रेसको दर्जनौँ चुनावी अभियानमा सहभागी हुनुभयो । उहाँले ‘भोट हालौ रुखमा’ भन्ने गीत तयार पार्नुभएको छ ।
यस्तै लोकगायक पुरुषोत्तम न्यौपानेले पनि चुनावी गीतमार्फत वाम गठबन्धनलाई मत मागिरहनुभएको छ । उहाँको ‘भोट के मा सूर्यमा’ भन्ने चुनावी गीत चर्चामा छ । यस्तै जनसांस्कृतिक महासंघ कास्की शाखाले पनि चुनावी गीत तयार पारेको छ । मौलक लोकलयमा तयार पारिएका चुनावी गीत नै बढ्ता चर्चित देखिएको स्वयं कलाकारकै भनाइ छ । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












