तेस्रो पटक भिड्दै कमल थापा र कृष्ण दाहाल, अहिलेसम्म दाहालसँग थापा पराजित
हेटौँडा, १३ मंसिर । चिसो मौसमसँगै मकवानपुरमा यतिबेला चुनावी सरगर्मी बढेको छ । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तेस्रोपटक प्रतिस्पर्धामा ओर्लिएका छन् । विसं। २०५१ र २०५६ संसदीय निर्वाचनको प्रतिस्पर्धामा संगै ओर्लिएका उम्मेदवार पुनः यसपटक चुनावी मैदानमा उत्रिएको हो । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरको निर्वाचन क्षेत्र– १ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा र वाम गठबन्धनका उम्मेदवार कृष्ण दाहाल यसपटक पनि निर्वाचन प्रतिस्पर्धामा संगै हुनुहुन्छ । दुबै निर्वाचनमा दाहालले थापालाई पराजित गर्दै मकवानपुरबाट सांसद बन्नुभएको एमाले मकवानपुरले जनाएको छ ।
दाहालले मकवानपुरको विकासमा गरेको महत्वपूर्ण योगदानका फलस्वरुप आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै यसपटक जितेर गएपछि आफूले पक्की पुलदेखि द्रुतमार्गसम्मका योजना अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेता थापाले आफूले जितेर गएमा प्रधानमन्त्रीसम्म बन्ने हैसियत भएकाले आफूलाई मत दिन मतदातासँग अनुरोध गर्नुभयो । लोकतन्त्रको रक्षा कम्युनिष्टबाट नहुने बताउँदै उहाँले लोकतन्त्र र हिन्दू धर्मरक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई मत दिन आग्रह गर्नुभयो ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर– २ मा लोकतान्त्रिक गठबन्धनबाट महालक्ष्मी उपाध्याय डिना र वाम गठबन्धनबाट विरोध खतिवडा उम्मेदवार बन्नुभएको छ । यसअघिको संसदीय निर्वाचन २०५१ र २०५६ मा दुबै जना पनि एक अर्काको प्रतिस्पर्धीका रुपमा हुनुहुन्थ्यो । दुईवटै निर्वाचनमा खतिवडा विजयी भएका थिए । उपाध्यायले दुई पटकसम्म खतिवडाले आफूलाई जितेको भए पनि यसपटक भने जित्नेपालो आफ्नो रहेको बताउनुभयो ।
नेपाली काँग्रेस मकवानपुरमा आएको पार्टी प्रवेशको लहरले आफू जित्ने दाबी उहाँको छ । उपाध्यायको प्रतिद्वन्द्वीका रुपमा रहनुभएका खतिवडाले मकवानपुर जिल्ला कम्युनिष्टको लालकिल्ला रहेको र थाहा दर्शनका प्रतिपादक रुपचन्द्र विष्टको जन्मभूमी रहेकाले पनि यहाँ वाम गठबन्धनको हार नहुने बताउनुभयो । सन् २०६२/६३ को जनआन्दोलनपछिको २०७४ सालको संविधानसभा निर्वाचनमा चारवटै क्षेत्र माओवादीले जितेको थियो भने संविधानसभा दोस्रो निर्वाचनमा तीन क्षेत्र एमाले र एउटामा नेपाली काँग्रेसले विजयी भएका थिए । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












