बमले उडाएको म्यादी प्रहरी विनोद चौधरीको सपना, पुरै गाउँ शोकमा डुब्यो
दाङ, १४ मंसिर । मंगलबार बम आक्रमणमा परी निधन भएका तुलसीपुर उपमहानरपालिका क्वाडीका विनोद चौधरीको गाउँ शोकमा डुबेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी सभालाई लक्षित गर्दै गरिएको बम आक्रमणको शिकार बनेका चौधरीले मंगलबार रातिनै यो संसार छाडे ।
श्रीमती र एक छोरीका बुबा विनोधले परिवारलाई शुखमा राख्ने चाहनामा साथ म्यादी प्रहरीमा भर्ना भएका थिए । तर उनले आफ्नो परिवारलाई शुखमा राख्ने चाहना त पुरा गर्न पाएनन्, नै आफै पनि पीडै पीडा सहेर बिदा भए ।
चौधरीको शवलाई बिहीबार बिहान गाउँले र आफन्तहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् । चौधरीको शवलाई नेपाल प्रहरीले सम्मान प्रकट गरेको छ । पार्थिव शरिरलाई श्रद्धाञ्जली अर्पण गर्दा पुरै गाउँलेका आँखा रसाएका थिए ।
तीन वर्षमै अञ्जनाको सिउँदोको सिन्दुर पुछियोः
बिनोदले व्यवस्थापन संकायबाट कक्षा १२ पास गरेका थिए । झण्डै चार वर्ष स्थानीय बोर्डिङ स्कुल र गाउँकै प्रावि स्कुलमा पढाएर १२ कक्षा पासका गरेका बिनोदले पारिवारिक बाध्यताका कारण त्यसपछि पढ्न पाएका थिएनन् । तीन वर्षअघि मात्रै घोराहीको वन घुस्रीबाट विनोदले अञ्जना चौधरीसँग मागी विवाह गरेका थिए । उनीहरुको डेढ बर्षीया छोरी प्रमिसा छन् ।
बिनोद भन्दा माथिका दाजु जीतबहादुर चौधरी नेपाल प्रहरीका जागिरे छन् भने कान्छा भाई अविवाहित छन् । परिवारमा अलि पढेलेखेका बिनोदकै काँधमा घर परपरिवारको बोझ थियो । ‘बृद्ध बावुआमाको उपचार गर्नुथियो, सानी छोरीलाई राम्रो स्कुलमा पढाउनु थियो र बेरोजगार भाइलाई विदेश पठाउने सपना पनि बिनोदमा थियो,’ बिनोदका ३२ वर्षीय दाजु तेजबहादुरले भने, ‘त्यसैले बिनोद दोस्रो पटक म्यादीमा भर्ना भएको हो ।’
देउवाको कानले सुनेको बमको आजाव, घाइते विनोदलाई देखेन्ः

तुलसीपुरमा प्रधानमन्त्री शेरबहादुर देउवाको आगमन भएकाले उनले राति १२ बजेदेखिको ड्युटी सकेर फेरि बिहानै खाना खान घर आए र ड्युटीका लागि पुनः बजार फर्किएका थिए । उनको पालो परेको थियो, तुलसीपुर बजारको तुलसी स्कुल चोकमा ड्युटी गर्ने ।
करिब ३ बजेतिर तुलसीपुरमा कांग्रेसको चुनावीसभा चलिरहेका बेला उनी उभिएकै ठाउँमा बम विस्फोट भयो । विष्फोटबाट उनीसहित ९ जना घाइते भए । घाइते सबैलाई तत्काल तुलसीपुर अञ्चल अस्पताल लगियो । अस्पताल लैजाँदा डाक्टरहरुले पहिले सामान्य जस्तै माने तर गोलीका छर्राहरु उनको शरीरभित्र थिए ।
विनोदकी भाउजू मैया चौधरीले अस्पतालको अवस्था सम्झिइन्, ‘रगत बग्न नरोकिएपछि कोहलपुर लैजाने कुरा भयो ।’ विनोदको छिटो र प्रभावकारी उपचारबारे अस्पतालमा आवाज उठाइदिने कोही पनि भएन । अन्य घाइतेहरुलाई बोकेर एम्वुलेन्स दौडिरहेको बेलामा उनी तुलसीपुर अञ्चल अस्पतालको बेडमा छटपटाइरहेका थिए ।
लामो समयको छटपटाहट पश्चात उनलाई एम्बुलेन्समा राखेर बाँकेको कोहलपुरतर्फ लगियो । उता, प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुलाई लिएर सेनाको हेलिकोप्टर दाङबाट काठमाडौंतर्फ उड्यो ।
एम्वुलेन्सको यात्रा अवधिभर विनोद पीडामा छटपटाइहेका थिए । छिटो अस्पताल पुर्याउन एम्वुलेन्स चालकलाई भनिरहेका थिए । ‘बाटोमा जाँदै गर्दा म बाँच्छु नि भन्दै उनी कराइरहेका थिए,’ एम्वुलेन्स चालक मोहन पौडेलले भने । साँझ ७ बजेतिर कोहलपुर पुगेपछि डाक्टरले आईसीयुमा राखेर केही समय उपचार गरे । तर, उनको मुटुले गति लिएन । अस्पतालमा उपचार गर्दा गर्दै उनले यो संसार छाडे ।
‘नेतालाई सुरक्षा दिइरहेको मान्छे विष्फोटमा पर्दा पनि वास्ता गरिएन,’ आक्रोशित हुँदै दाजु तेजबहादुर चौधरीले भने, ‘सायद हेलिकप्टरमा लैजान पाएको भए बचाउन सकिन्थ्यो होला ।’ उनले थपे, ‘तुलसीपुरको चुनावमा भाषण गर्न आएका कांग्रेस नेताहरुसँगै हेलिकप्टर पनि थियो, त्यसैमा लगेको भए मेरो भाइ बाँच्थ्यो होला ।’
मृतक चौधरीका बाबु खुसीरामको आँखामा छोराको तस्वीर नै झझल्किरहेको छ । मन बुझाउन खोज्यो क्यैगरी बुझ्दैन । ‘कहिल्यै पनि खाली बसेन, काम गरिरहन्थ्यो,’ खुसीरामले गहभरि आँसु पार्दै छोरोलाई सम्झिए, ‘काम गरे सुख पाइन्छ भन्थ्यो, आखिरमा दुःखै पाएर मर्यो ।’
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












