बमले उडाएको म्यादी प्रहरी विनोद चौधरीको सपना, पुरै गाउँ शोकमा डुब्यो
दाङ, १४ मंसिर । मंगलबार बम आक्रमणमा परी निधन भएका तुलसीपुर उपमहानरपालिका क्वाडीका विनोद चौधरीको गाउँ शोकमा डुबेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी सभालाई लक्षित गर्दै गरिएको बम आक्रमणको शिकार बनेका चौधरीले मंगलबार रातिनै यो संसार छाडे ।
श्रीमती र एक छोरीका बुबा विनोधले परिवारलाई शुखमा राख्ने चाहनामा साथ म्यादी प्रहरीमा भर्ना भएका थिए । तर उनले आफ्नो परिवारलाई शुखमा राख्ने चाहना त पुरा गर्न पाएनन्, नै आफै पनि पीडै पीडा सहेर बिदा भए ।
चौधरीको शवलाई बिहीबार बिहान गाउँले र आफन्तहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् । चौधरीको शवलाई नेपाल प्रहरीले सम्मान प्रकट गरेको छ । पार्थिव शरिरलाई श्रद्धाञ्जली अर्पण गर्दा पुरै गाउँलेका आँखा रसाएका थिए ।
तीन वर्षमै अञ्जनाको सिउँदोको सिन्दुर पुछियोः
बिनोदले व्यवस्थापन संकायबाट कक्षा १२ पास गरेका थिए । झण्डै चार वर्ष स्थानीय बोर्डिङ स्कुल र गाउँकै प्रावि स्कुलमा पढाएर १२ कक्षा पासका गरेका बिनोदले पारिवारिक बाध्यताका कारण त्यसपछि पढ्न पाएका थिएनन् । तीन वर्षअघि मात्रै घोराहीको वन घुस्रीबाट विनोदले अञ्जना चौधरीसँग मागी विवाह गरेका थिए । उनीहरुको डेढ बर्षीया छोरी प्रमिसा छन् ।
बिनोद भन्दा माथिका दाजु जीतबहादुर चौधरी नेपाल प्रहरीका जागिरे छन् भने कान्छा भाई अविवाहित छन् । परिवारमा अलि पढेलेखेका बिनोदकै काँधमा घर परपरिवारको बोझ थियो । ‘बृद्ध बावुआमाको उपचार गर्नुथियो, सानी छोरीलाई राम्रो स्कुलमा पढाउनु थियो र बेरोजगार भाइलाई विदेश पठाउने सपना पनि बिनोदमा थियो,’ बिनोदका ३२ वर्षीय दाजु तेजबहादुरले भने, ‘त्यसैले बिनोद दोस्रो पटक म्यादीमा भर्ना भएको हो ।’
देउवाको कानले सुनेको बमको आजाव, घाइते विनोदलाई देखेन्ः

तुलसीपुरमा प्रधानमन्त्री शेरबहादुर देउवाको आगमन भएकाले उनले राति १२ बजेदेखिको ड्युटी सकेर फेरि बिहानै खाना खान घर आए र ड्युटीका लागि पुनः बजार फर्किएका थिए । उनको पालो परेको थियो, तुलसीपुर बजारको तुलसी स्कुल चोकमा ड्युटी गर्ने ।
करिब ३ बजेतिर तुलसीपुरमा कांग्रेसको चुनावीसभा चलिरहेका बेला उनी उभिएकै ठाउँमा बम विस्फोट भयो । विष्फोटबाट उनीसहित ९ जना घाइते भए । घाइते सबैलाई तत्काल तुलसीपुर अञ्चल अस्पताल लगियो । अस्पताल लैजाँदा डाक्टरहरुले पहिले सामान्य जस्तै माने तर गोलीका छर्राहरु उनको शरीरभित्र थिए ।
विनोदकी भाउजू मैया चौधरीले अस्पतालको अवस्था सम्झिइन्, ‘रगत बग्न नरोकिएपछि कोहलपुर लैजाने कुरा भयो ।’ विनोदको छिटो र प्रभावकारी उपचारबारे अस्पतालमा आवाज उठाइदिने कोही पनि भएन । अन्य घाइतेहरुलाई बोकेर एम्वुलेन्स दौडिरहेको बेलामा उनी तुलसीपुर अञ्चल अस्पतालको बेडमा छटपटाइरहेका थिए ।
लामो समयको छटपटाहट पश्चात उनलाई एम्बुलेन्समा राखेर बाँकेको कोहलपुरतर्फ लगियो । उता, प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुलाई लिएर सेनाको हेलिकोप्टर दाङबाट काठमाडौंतर्फ उड्यो ।
एम्वुलेन्सको यात्रा अवधिभर विनोद पीडामा छटपटाइहेका थिए । छिटो अस्पताल पुर्याउन एम्वुलेन्स चालकलाई भनिरहेका थिए । ‘बाटोमा जाँदै गर्दा म बाँच्छु नि भन्दै उनी कराइरहेका थिए,’ एम्वुलेन्स चालक मोहन पौडेलले भने । साँझ ७ बजेतिर कोहलपुर पुगेपछि डाक्टरले आईसीयुमा राखेर केही समय उपचार गरे । तर, उनको मुटुले गति लिएन । अस्पतालमा उपचार गर्दा गर्दै उनले यो संसार छाडे ।
‘नेतालाई सुरक्षा दिइरहेको मान्छे विष्फोटमा पर्दा पनि वास्ता गरिएन,’ आक्रोशित हुँदै दाजु तेजबहादुर चौधरीले भने, ‘सायद हेलिकप्टरमा लैजान पाएको भए बचाउन सकिन्थ्यो होला ।’ उनले थपे, ‘तुलसीपुरको चुनावमा भाषण गर्न आएका कांग्रेस नेताहरुसँगै हेलिकप्टर पनि थियो, त्यसैमा लगेको भए मेरो भाइ बाँच्थ्यो होला ।’
मृतक चौधरीका बाबु खुसीरामको आँखामा छोराको तस्वीर नै झझल्किरहेको छ । मन बुझाउन खोज्यो क्यैगरी बुझ्दैन । ‘कहिल्यै पनि खाली बसेन, काम गरिरहन्थ्यो,’ खुसीरामले गहभरि आँसु पार्दै छोरोलाई सम्झिए, ‘काम गरे सुख पाइन्छ भन्थ्यो, आखिरमा दुःखै पाएर मर्यो ।’
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












