टोखा–छहरे–त्रिशूली–केरुङ सडक मार्ग विकासको प्रतिबद्धता : ईश्वर पोखरेल
काठमाडौँ, १५ मंसिर । नेकपा एमालेका महासचिव एवं प्रतिनिधिसभा काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार ईश्वर पोखरेलले टोखा–छहरे–त्रिशूली–केरुङ सडक मार्गको परिकल्पनालाई मूर्तरुप दिनेसहित आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । नेपाल–चीन सम्बन्ध र समृद्धिको आधारका रुपमा उक्त सडक मार्ग विकासमा विगतमा आफूहरुले प्रयास गरेको पहललाई पूरा गर्ने अठोट महासचिव पोखरेलको छ । वाम गठबन्धनका उम्मेदवार पोखरेलले बूढानीलकण्ठ– डाडाँगाउँ– गुर्जेभञ्ज्याङ– सडक र बूढानीलकण्ठ– ५ डाडाँगाउँ र टोखा–१ झोर जोड्ने पक्की पुल निर्माणको कामलाई पनि प्राथमिकताका साथ सम्पन्न गरिने बताउनुभएको छ ।
“हामीले अठोट गरेका कामहरु पूरा गरेरै छाड्छौँँ ।” महासचिव पोखरेलले रासससँग भन्नुभयो, “मुलुकको स्थिरता र समृद्धिको योजना र सपना हामीसँग छ, जनताले जिताएपछि काम गरेर देखाउनेछौँ । ”सो क्षेत्रमा रहेका सामुदायिक र निजी विद्यालयबीच समन्वय गरी जेहेन्दार, विपन्न तथा दलित र पिछडिएको समुदायका विद्यार्थीलाई लक्ष्य गरी ‘विशेष छात्रवृत्ति’ को व्यवस्था मिलाउन पहल गरिने प्रतिबद्धतामा उल्लेख छ ।
बूढानीलकण्ठमा स्नातकोत्तर तहसम्म अध्ययनको प्रबन्ध मिलाउन पहल गरिने र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमलाई रोजगारीसँग जोडी युवाको लागि विशेष कार्यक्रम ल्याइने उहाँले बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतसँग प्रतिस्पर्धामा रहनुभएका पोखरेलले सो क्षेत्रलाई ‘अस्पताल हब’ बनाउने, स्वास्स्थ्य वीमा लागू गर्ने, ‘मनमोहन ज्येष्ठ नागरिक सदन’ र ‘स्वर सम्राट नारायण गोपाल प्रतिष्ठान’ अन्तर्गत अडोटोरियम हल निर्माण गर्ने उद्घोष गर्नुभएको छ ।
लिच्छवीकालीन राजधानीका रूपमा वैभवपूर्ण इतिहास बोकेको विशालनगर–हाँडीगाउँको विकासलाई विशेष जोड दिने, शिवपुरी राष्ट्रिय निकुञ्जलाई केन्द्रित गरी पर्यावरणीय पर्यटन, साइक्लिङ जोन, वर्षात्को पानी संकलन तथा शुद्धीकरण केन्द्र खोलिने उल्लेख छ । ‘भ्यू टावर निर्माणजस्ता पूर्वाधारको विकास गरेर विशेषतः केबुलकारको माध्यमबाट नमूना गन्तव्यका रूपमा प्रवद्र्धन गरिनुका साथै, रानीबारी वन, टोखा वनभोज स्थललगायतका वन र पार्कको विकासलाई आधुनिक र व्यावसायिक रूपमा अघि बढाइने छ ।
’ प्रतिबद्धतापत्रमा भनिएको छ, “हरेक वडामा नमूना सहकारी, मनोरञ्जनस्थल, पार्क, वाचनालय, व्यायामशाला र क्लबको विकासका साथै प्राकृतिक विपत्तिको बेलामा उपयोग हुने खुल्ला क्षेत्रको व्यवस्थापनमा योजनाबद्ध प्रयास गरिने छ ।”यस्तै भूतखेल चौरमा राष्ट्रियस्तरको फुटबल मैदान निर्माण गर्ने, विष्णु–बूढानीलकण्ठ नारायणस्थान, टोखा चण्डेश्वरीलगायत अन्य सम्भव स्थानमा धार्मिक, सांस्कृतिक पर्यटकीय पूर्वाधार निर्माण र प्रवद्र्धन कार्य व्यवस्थित गरिने गठबन्धनको प्रतिबद्धता छ ।
सो निर्वाचन क्षेत्रको उत्तरी भेगमा अर्गानिकखेतीको लागि आवश्यक आधार निर्माण गरी किसानलाई विशेष प्रोत्साहन गरिने र विष्णुमति, इच्छुमति, सामाखुशीलगायतका नदीको स्वच्छता र सौन्दर्यको लागि व्यवस्थित पहल अघि बढाइने पनि घोषणापत्रमा उल्लेख छ । महासचिव पोखरेलले आज बिहान चुनावी कार्यक्रमअन्तर्गत धनेश्वर र टोखामा घरदैलो गर्नुभयो । सो क्षेत्रमा गठबन्धनबाट प्रदेशसभा ‘क’ नारायण सिलवाल र प्रदेश ‘ख’ मा दीपक निरौला उम्मेदवार हुनुहुन्छ । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












