टोखा–छहरे–त्रिशूली–केरुङ सडक मार्ग विकासको प्रतिबद्धता : ईश्वर पोखरेल
काठमाडौँ, १५ मंसिर । नेकपा एमालेका महासचिव एवं प्रतिनिधिसभा काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार ईश्वर पोखरेलले टोखा–छहरे–त्रिशूली–केरुङ सडक मार्गको परिकल्पनालाई मूर्तरुप दिनेसहित आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । नेपाल–चीन सम्बन्ध र समृद्धिको आधारका रुपमा उक्त सडक मार्ग विकासमा विगतमा आफूहरुले प्रयास गरेको पहललाई पूरा गर्ने अठोट महासचिव पोखरेलको छ । वाम गठबन्धनका उम्मेदवार पोखरेलले बूढानीलकण्ठ– डाडाँगाउँ– गुर्जेभञ्ज्याङ– सडक र बूढानीलकण्ठ– ५ डाडाँगाउँ र टोखा–१ झोर जोड्ने पक्की पुल निर्माणको कामलाई पनि प्राथमिकताका साथ सम्पन्न गरिने बताउनुभएको छ ।
“हामीले अठोट गरेका कामहरु पूरा गरेरै छाड्छौँँ ।” महासचिव पोखरेलले रासससँग भन्नुभयो, “मुलुकको स्थिरता र समृद्धिको योजना र सपना हामीसँग छ, जनताले जिताएपछि काम गरेर देखाउनेछौँ । ”सो क्षेत्रमा रहेका सामुदायिक र निजी विद्यालयबीच समन्वय गरी जेहेन्दार, विपन्न तथा दलित र पिछडिएको समुदायका विद्यार्थीलाई लक्ष्य गरी ‘विशेष छात्रवृत्ति’ को व्यवस्था मिलाउन पहल गरिने प्रतिबद्धतामा उल्लेख छ ।
बूढानीलकण्ठमा स्नातकोत्तर तहसम्म अध्ययनको प्रबन्ध मिलाउन पहल गरिने र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमलाई रोजगारीसँग जोडी युवाको लागि विशेष कार्यक्रम ल्याइने उहाँले बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतसँग प्रतिस्पर्धामा रहनुभएका पोखरेलले सो क्षेत्रलाई ‘अस्पताल हब’ बनाउने, स्वास्स्थ्य वीमा लागू गर्ने, ‘मनमोहन ज्येष्ठ नागरिक सदन’ र ‘स्वर सम्राट नारायण गोपाल प्रतिष्ठान’ अन्तर्गत अडोटोरियम हल निर्माण गर्ने उद्घोष गर्नुभएको छ ।
लिच्छवीकालीन राजधानीका रूपमा वैभवपूर्ण इतिहास बोकेको विशालनगर–हाँडीगाउँको विकासलाई विशेष जोड दिने, शिवपुरी राष्ट्रिय निकुञ्जलाई केन्द्रित गरी पर्यावरणीय पर्यटन, साइक्लिङ जोन, वर्षात्को पानी संकलन तथा शुद्धीकरण केन्द्र खोलिने उल्लेख छ । ‘भ्यू टावर निर्माणजस्ता पूर्वाधारको विकास गरेर विशेषतः केबुलकारको माध्यमबाट नमूना गन्तव्यका रूपमा प्रवद्र्धन गरिनुका साथै, रानीबारी वन, टोखा वनभोज स्थललगायतका वन र पार्कको विकासलाई आधुनिक र व्यावसायिक रूपमा अघि बढाइने छ ।
’ प्रतिबद्धतापत्रमा भनिएको छ, “हरेक वडामा नमूना सहकारी, मनोरञ्जनस्थल, पार्क, वाचनालय, व्यायामशाला र क्लबको विकासका साथै प्राकृतिक विपत्तिको बेलामा उपयोग हुने खुल्ला क्षेत्रको व्यवस्थापनमा योजनाबद्ध प्रयास गरिने छ ।”यस्तै भूतखेल चौरमा राष्ट्रियस्तरको फुटबल मैदान निर्माण गर्ने, विष्णु–बूढानीलकण्ठ नारायणस्थान, टोखा चण्डेश्वरीलगायत अन्य सम्भव स्थानमा धार्मिक, सांस्कृतिक पर्यटकीय पूर्वाधार निर्माण र प्रवद्र्धन कार्य व्यवस्थित गरिने गठबन्धनको प्रतिबद्धता छ ।
सो निर्वाचन क्षेत्रको उत्तरी भेगमा अर्गानिकखेतीको लागि आवश्यक आधार निर्माण गरी किसानलाई विशेष प्रोत्साहन गरिने र विष्णुमति, इच्छुमति, सामाखुशीलगायतका नदीको स्वच्छता र सौन्दर्यको लागि व्यवस्थित पहल अघि बढाइने पनि घोषणापत्रमा उल्लेख छ । महासचिव पोखरेलले आज बिहान चुनावी कार्यक्रमअन्तर्गत धनेश्वर र टोखामा घरदैलो गर्नुभयो । सो क्षेत्रमा गठबन्धनबाट प्रदेशसभा ‘क’ नारायण सिलवाल र प्रदेश ‘ख’ मा दीपक निरौला उम्मेदवार हुनुहुन्छ । रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











