महोत्तरीमा प्रतिष्ठाको लडाइँ
गौशाला, १७ मंसिर । महोत्तरी क्षेत्र नं २ मा नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी नेपालबीच प्रतिष्पर्धा हुने देखिएको छ ।काँग्रेसबाट किरण यादव र राष्ट्रिय जनता पार्टी नेपालबाट सो पार्टीका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी उम्मेदवार हुनुहुन्छ । दुवैजनाबीच प्रतिष्ठाको लडाइँ जारी छ । यादव संविधानसभाको पहिलो निर्वाचनमा समानुपातिकतर्फ तथा संविधानसभाको दोस्रो निर्वाचनमा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको हो ।
सुखदुःखमा साथ दिनुका साथै विकास निर्माण गरेका कारण आफ्नो जित सुनिश्चित रहेको यादव बताउनुहुन्छ । राष्ट्रिय जनता पार्टी नेपालका भण्डारी विगतका निर्वाचनमा महोत्तरीको अलगअलग क्षेत्रबाट चुनाव लडेका कारण आफू सहजै विजयी हुने काँग्रेस उम्मेदवार यादवको दाबी छ । भण्डारी संविधानसभाको दोस्रो निर्वाचनमा क्षेत्र नं १ र क्षेत्र नं ६ बाट चुनाव हार्नुभएको थियो ।
तर राजपा नेपालका उम्मेदवार भण्डारी भने आफू आफ्नै क्षेत्रबाट चुनाव लडेको बताउनुहुन्छ । राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालबीच चुनावी तालमेल भएकाले आफू विजयी हुने उहाँ दाबी गर्नुहुन्छ । क्षेत्र नं २ बाटै वाम गठबन्धनका कासिम अन्सारी उम्मेदवार हुनुहुन्छ । उहाँले आफू एमाले र माओवादी केन्द्रको संयुक्त उम्मेदवार रहेकाले भारी मतले विजयी हुने बताउनुभयो ।
यस्तै, क्षेत्र नं ३ मा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राजपा नेपालकै बागी उम्मेदवार चन्देश्वर झा र वाम गठबन्धनका विजयकुमार चौधरीबीच त्रिपक्षीय प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । ठाकुर मधेशलाई अधिकार सम्पन्न, विभेदबाट मुक्ति, न्यायोचित सम्मान र विकासका लागि आफू लड्दै आएका कारण विजयी हुने बताउनुहुन्छ । उहाँले मतदातालाई प्रदेश नम्बर २ मा मधेशी सरकार बनाएर आफ्नो विशेष पहिचान कायम गर्न आग्रह गर्नुभएको छ । महोत्तरीका जनताले बोलाएका कारण आफू सर्लाही छाडेर आएरको ठाकुरको भनाइ छ । राजपा नेपालको समर्थनमा काँग्रेसले समेत उम्मेदवारी फिर्ता लिएका कारण उहाँ आफ्नो जितमा ढुक्क हुनुहुन्छ ।
स्वतन्त्रबाट चुनाव जितेका पूर्व सांसद झा राजपा नेपालले आफूलाई टिकट दिने प्रलोभन देखाउँदै पार्टी प्रवेश गराएको तर टिकट नदिई आफ्नो राजनीति सखाप पार्न खोजेको आरोप लगाउनुहुन्छ । “यहाँको मतदाताले पुनः मलाई जिताउनेमा ढुक्क छु,” उहाँले भन्नुभयो । विसं २०७० को संविधानसभा निर्वाचनमा क्षेत्र नं ४ बाट झा स्वतन्त्रका रुपमा झाले चुनाव जित्नुभएको हो । वाम गठबन्धनका उम्मेदवार चौधरी यसअघिको निर्वाचनमा एमालेले नै जितेकाले यसपटक पनि आफू जित्ने बताउहुन्छ । उहाँले वाम गठबन्धनकै कारण सो क्षेत्रबाट सबैभन्दा बढी मतान्तरले विजयी हुने दाबी गर्नुभयो । रासस
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












