महोत्तरीमा प्रतिष्ठाको लडाइँ
गौशाला, १७ मंसिर । महोत्तरी क्षेत्र नं २ मा नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी नेपालबीच प्रतिष्पर्धा हुने देखिएको छ ।काँग्रेसबाट किरण यादव र राष्ट्रिय जनता पार्टी नेपालबाट सो पार्टीका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी उम्मेदवार हुनुहुन्छ । दुवैजनाबीच प्रतिष्ठाको लडाइँ जारी छ । यादव संविधानसभाको पहिलो निर्वाचनमा समानुपातिकतर्फ तथा संविधानसभाको दोस्रो निर्वाचनमा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको हो ।
सुखदुःखमा साथ दिनुका साथै विकास निर्माण गरेका कारण आफ्नो जित सुनिश्चित रहेको यादव बताउनुहुन्छ । राष्ट्रिय जनता पार्टी नेपालका भण्डारी विगतका निर्वाचनमा महोत्तरीको अलगअलग क्षेत्रबाट चुनाव लडेका कारण आफू सहजै विजयी हुने काँग्रेस उम्मेदवार यादवको दाबी छ । भण्डारी संविधानसभाको दोस्रो निर्वाचनमा क्षेत्र नं १ र क्षेत्र नं ६ बाट चुनाव हार्नुभएको थियो ।
तर राजपा नेपालका उम्मेदवार भण्डारी भने आफू आफ्नै क्षेत्रबाट चुनाव लडेको बताउनुहुन्छ । राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालबीच चुनावी तालमेल भएकाले आफू विजयी हुने उहाँ दाबी गर्नुहुन्छ । क्षेत्र नं २ बाटै वाम गठबन्धनका कासिम अन्सारी उम्मेदवार हुनुहुन्छ । उहाँले आफू एमाले र माओवादी केन्द्रको संयुक्त उम्मेदवार रहेकाले भारी मतले विजयी हुने बताउनुभयो ।
यस्तै, क्षेत्र नं ३ मा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राजपा नेपालकै बागी उम्मेदवार चन्देश्वर झा र वाम गठबन्धनका विजयकुमार चौधरीबीच त्रिपक्षीय प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । ठाकुर मधेशलाई अधिकार सम्पन्न, विभेदबाट मुक्ति, न्यायोचित सम्मान र विकासका लागि आफू लड्दै आएका कारण विजयी हुने बताउनुहुन्छ । उहाँले मतदातालाई प्रदेश नम्बर २ मा मधेशी सरकार बनाएर आफ्नो विशेष पहिचान कायम गर्न आग्रह गर्नुभएको छ । महोत्तरीका जनताले बोलाएका कारण आफू सर्लाही छाडेर आएरको ठाकुरको भनाइ छ । राजपा नेपालको समर्थनमा काँग्रेसले समेत उम्मेदवारी फिर्ता लिएका कारण उहाँ आफ्नो जितमा ढुक्क हुनुहुन्छ ।
स्वतन्त्रबाट चुनाव जितेका पूर्व सांसद झा राजपा नेपालले आफूलाई टिकट दिने प्रलोभन देखाउँदै पार्टी प्रवेश गराएको तर टिकट नदिई आफ्नो राजनीति सखाप पार्न खोजेको आरोप लगाउनुहुन्छ । “यहाँको मतदाताले पुनः मलाई जिताउनेमा ढुक्क छु,” उहाँले भन्नुभयो । विसं २०७० को संविधानसभा निर्वाचनमा क्षेत्र नं ४ बाट झा स्वतन्त्रका रुपमा झाले चुनाव जित्नुभएको हो । वाम गठबन्धनका उम्मेदवार चौधरी यसअघिको निर्वाचनमा एमालेले नै जितेकाले यसपटक पनि आफू जित्ने बताउहुन्छ । उहाँले वाम गठबन्धनकै कारण सो क्षेत्रबाट सबैभन्दा बढी मतान्तरले विजयी हुने दाबी गर्नुभयो । रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











