एम्बुस बिष्फोटमा खुट्टा गुमेकी कटुवाल नेविसंघ केन्द्रिय सदस्य मनोनित

काठमाडौं, १७ मंसिर । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नयनसिंह महरले गत बुधबार उदयपुरमा भएको एम्बुस बिस्फोटमा गरेर घाइते भएकी विद्यार्थी नेतृ मिरा कटुवाललाई संगठनको केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । नेविसंघ उदयश्री क्याम्पस उदयपुर इकाई अध्यक्ष कटुवाललाई संगठनको विधान बमोजिम अध्यक्ष महरले केन्द्रीय सदस्य मनोनयन गरेका हुन ।
चुनाव प्रचारप्रसारका क्रममा गत बुधवार उदयपुरमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेस उम्मेदवार नारायण कार्कीसहितको टोलीमा रहेकी कटुवालले अज्ञात समुहको एम्बुस बिस्फोटबाट एउटा खुट्टाको घुडामुनीको भाग गुमाएकी छिन् । कटुवालको अहिले त्रिवी शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।
अध्यक्ष महरले विद्यार्थी आन्दोलनमा कटुवालले पुर्याएको योगदानको सम्मानका लागि संगठनको केन्द्रीय सदस्यमा मनोनित गरेको बताए । ‘संगठनले दिएको जिम्मेवारी पुरा गर्ने क्रममा अज्ञात समूहको आक्रमणमा परि सक्त्त घाइते भएकी कटुवाललाई सम्मानस्वरुप केन्द्रिय सदस्यमा बढुवा गरेको हु’ अध्यक्ष महरले भने ‘उनलाई गरेको सम्मानले अन्य नेविसंघका कार्यकर्तालाई पनि कर्तव्यनिष्ट भएर काम गर्नेलाई संगठनले सम्मान जुनसुकै वेला सम्मान गर्छ भन्ने धारणाको विकास हुन्छ भन्ने मेरो आशा हो ।’
घाइते कटुवालले केन्द्रिय सदस्यमा मनोनित भएको पत्र बुझेपछिसंगठनले आफुलाई गरेको सम्मानले हर्षविभोर भएको बताइन । ‘मलाई संगठनले सम्मान स्वरुप केन्द्रिय सदस्यमा मनोनयन गर्ला भन्ने सोचेकी थिइन, मेरो लगनशीलताको सम्मान संगठनबाट भएकोमा खुसी छु’ घाइते कटुवालले भनिन ।
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












