एम्बुस बिष्फोटमा खुट्टा गुमेकी कटुवाल नेविसंघ केन्द्रिय सदस्य मनोनित

काठमाडौं, १७ मंसिर । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नयनसिंह महरले गत बुधबार उदयपुरमा भएको एम्बुस बिस्फोटमा गरेर घाइते भएकी विद्यार्थी नेतृ मिरा कटुवाललाई संगठनको केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । नेविसंघ उदयश्री क्याम्पस उदयपुर इकाई अध्यक्ष कटुवाललाई संगठनको विधान बमोजिम अध्यक्ष महरले केन्द्रीय सदस्य मनोनयन गरेका हुन ।
चुनाव प्रचारप्रसारका क्रममा गत बुधवार उदयपुरमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेस उम्मेदवार नारायण कार्कीसहितको टोलीमा रहेकी कटुवालले अज्ञात समुहको एम्बुस बिस्फोटबाट एउटा खुट्टाको घुडामुनीको भाग गुमाएकी छिन् । कटुवालको अहिले त्रिवी शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।
अध्यक्ष महरले विद्यार्थी आन्दोलनमा कटुवालले पुर्याएको योगदानको सम्मानका लागि संगठनको केन्द्रीय सदस्यमा मनोनित गरेको बताए । ‘संगठनले दिएको जिम्मेवारी पुरा गर्ने क्रममा अज्ञात समूहको आक्रमणमा परि सक्त्त घाइते भएकी कटुवाललाई सम्मानस्वरुप केन्द्रिय सदस्यमा बढुवा गरेको हु’ अध्यक्ष महरले भने ‘उनलाई गरेको सम्मानले अन्य नेविसंघका कार्यकर्तालाई पनि कर्तव्यनिष्ट भएर काम गर्नेलाई संगठनले सम्मान जुनसुकै वेला सम्मान गर्छ भन्ने धारणाको विकास हुन्छ भन्ने मेरो आशा हो ।’
घाइते कटुवालले केन्द्रिय सदस्यमा मनोनित भएको पत्र बुझेपछिसंगठनले आफुलाई गरेको सम्मानले हर्षविभोर भएको बताइन । ‘मलाई संगठनले सम्मान स्वरुप केन्द्रिय सदस्यमा मनोनयन गर्ला भन्ने सोचेकी थिइन, मेरो लगनशीलताको सम्मान संगठनबाट भएकोमा खुसी छु’ घाइते कटुवालले भनिन ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











