स्वनिर्णयको अधिकार लोकतन्त्र : अशोक राई
इटहरी, १७ मंसिर । सुनसरीको चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका आदिवासी जनजाति नेता अशोक राईले आत्मनिर्णय गर्न पाउने व्यक्तिको अधिकार नै लोकतन्त्र भएको बताउनुभएको छ ।
लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय नेता राईले आफ्नो आत्मनिर्णयको अधिकार अरु कसैले गर्ने होइन आफैँले गर्न पाउने अधिकार प्राप्त गर्ने व्यवस्था नै लोकतन्त्र भएको बताउनुभयो । नेता राईले आफू अहिले लोकतन्त्रको आधार मजबुत बनाउने अभियानमा जुटेको बताउनुभयो । वाम गठबन्धनका नाममा देश बनाउन वामपन्थीको सरकार जरुरी छ भनेर भ्रम छर्ने कार्य भइरहेकाले विगतप्रति हेक्का राख्न उहाँले धरानवासीलाई आग्रह गर्नुभएको छ ।
लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका राईले झण्डै तीन दशकदेखि धरानवासीले वामपन्थी नेतालाई निर्वाचनमा जिताउँदै आए पनि धरानवासीले त्यसको असल प्रतिफल नपाएकाले अब मतदान गर्दा लोकतन्त्र पक्षमा अभिमत दिन आग्रह गर्नुभयो ।
नेपालमा प्रजातन्त्र आएपछि भएको पहिलो स्थानीय निर्वाचनमा तत्कालीन धरान नगरपालिकाका प्रमुखसमेत रहनुभएका वाम नेता ध्यानबहादुर राई समेतको सहकार्यमा चुनावी प्रचार अभियानमा रहनुभएका राईले राजनीतिक परिवर्तनको खास अनुभूति प्राप्त गर्नका लागि आफूलाई मतदान गर्न आग्रह गर्नुभयो । राईले धरानमा जननायक गिरिजाप्रसाद कोइरालाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो चिकित्सा केन्द्र निर्माण गर्नुभएको कुरा स्मरण गराउनुभयो । रासस
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












