स्वनिर्णयको अधिकार लोकतन्त्र : अशोक राई
इटहरी, १७ मंसिर । सुनसरीको चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका आदिवासी जनजाति नेता अशोक राईले आत्मनिर्णय गर्न पाउने व्यक्तिको अधिकार नै लोकतन्त्र भएको बताउनुभएको छ ।
लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय नेता राईले आफ्नो आत्मनिर्णयको अधिकार अरु कसैले गर्ने होइन आफैँले गर्न पाउने अधिकार प्राप्त गर्ने व्यवस्था नै लोकतन्त्र भएको बताउनुभयो । नेता राईले आफू अहिले लोकतन्त्रको आधार मजबुत बनाउने अभियानमा जुटेको बताउनुभयो । वाम गठबन्धनका नाममा देश बनाउन वामपन्थीको सरकार जरुरी छ भनेर भ्रम छर्ने कार्य भइरहेकाले विगतप्रति हेक्का राख्न उहाँले धरानवासीलाई आग्रह गर्नुभएको छ ।
लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका राईले झण्डै तीन दशकदेखि धरानवासीले वामपन्थी नेतालाई निर्वाचनमा जिताउँदै आए पनि धरानवासीले त्यसको असल प्रतिफल नपाएकाले अब मतदान गर्दा लोकतन्त्र पक्षमा अभिमत दिन आग्रह गर्नुभयो ।
नेपालमा प्रजातन्त्र आएपछि भएको पहिलो स्थानीय निर्वाचनमा तत्कालीन धरान नगरपालिकाका प्रमुखसमेत रहनुभएका वाम नेता ध्यानबहादुर राई समेतको सहकार्यमा चुनावी प्रचार अभियानमा रहनुभएका राईले राजनीतिक परिवर्तनको खास अनुभूति प्राप्त गर्नका लागि आफूलाई मतदान गर्न आग्रह गर्नुभयो । राईले धरानमा जननायक गिरिजाप्रसाद कोइरालाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो चिकित्सा केन्द्र निर्माण गर्नुभएको कुरा स्मरण गराउनुभयो । रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












