मतदानस्थलमा पनि सिकाइन्छ मत हाल्ने तरिका
काठमाडौँ, १९ मंसिर । के तपाई निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ हुनुहुन्न भने चिन्ता नगर्नुुस्, तपाईलाई मतदानस्थलमा पनि मत संकेत गर्ने तरिका सिकाउने व्यवस्था छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाता शिक्षाका लागि पर्याप्त समय नहुँदा र दुई तहको निर्वाचन एकै पटक गर्न परेकाले कतिपय मतदातामा मतदान विधिबारे भएका अन्योल मेट्न निर्वाचन आयोगले मतदानस्थल र मतदानकेन्द्रमा मतदाता परिचयपत्र लिन आउदा वा निर्वाचनका दिन पनि मत हाल्ने तरिका सिकाउने प्रबन्ध गरेको हो ।
निर्वाचन आयोगले हरेक मतदान केन्द्रका लागि १९ हजार ९०८ जना मतदाता शिक्षा कार्यकर्तालाई घर घरमा पुग्ने गरी खटाउनुका साथै ती कार्यकर्ताले मंसिर १९ र २० गते प्रत्येक मतदानस्थलमा परिचयपत्र लिन आउने मतदातालाई मतपत्र देखाएर मतसंकेत गर्न सिकाउने व्यवस्था मिलाएको छ । मतदान केन्द्रमा पनि मतदाताले सोधेमा मत हाल्ने तरिकाबारे सिकाउन स्वयंसेवक परिचालन गरिएको आयुक्त इला शर्माले बताउनुभयो ।
दोस्रोचरणका ४५ जिल्लामा यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि अन्य तयारी पूरा भए पनि मतदाताले हालेको मत बदर हुने हो कि भन्ने चिन्ता सबैजसो दललाई परेको देखिन्छ । आयोगले विभिन्न माध्यमबाट मतदाता शिक्षा कार्यक्रम जारी राखेको छ भने दलहरुले आफ्नो निर्वाचन प्रचारका क्रममा पनि मत हाल्ने तरिका बारे जानकारी दिँदै आएका छन् ।
काठमाडौँ क्षेत्र नं ४ स्थित बूढानीलकण्ठ नगरपालिका– १२ का ३० वर्षीय सन्तोष लुइँटेल आयोगका सूचनाबाट आफूले मत हाल्ने तरिकाबारे थाहा पाए पनि कतिपय ज्येष्ठ मतदातामा अन्योल हुनसक्ने बताउनुहुन्छ । मत हाल्न जान्दैनन् भन्ने नाममा उनीहरूको मत एकाघर वा इच्छाइएको व्यक्तिबाट हाल्न लगाउँदा दुरुपयोग हुनसक्ने चिन्ता लुइँँटेलको छ ।
कंलकी निवासी चन्द्रमा घिमिरे र अञ्जु भट्टराई भने कसरी मत हाल्ने भन्ने हालसम्म स्पष्ट नभएको बताउनुहुन्छ । उहाँहरु मतदान केन्द्रमा पुगेर यसबारे बुझेर मत हाल्ने तयारीमा हुनुहुन्छ । काठमाडौँ क्षेत्र नं ६ मा पर्ने मनमैजू निवासी २८ वर्षीय बबिता श्रेष्ठ घिमिरे मतदाता शिक्षाबारे अरुलाई पनि जानकारी गराउँदै सामाजिक कार्यकर्ता बनेर आज पनि हिँडिरहनुभएको छ । ‘यतातिर सबैजसोलाई मत हाल्ने तरिका बताइसकेका छौँ, सायद समस्या हुँदैन होला ।’ उहाँले भन्नुभयो ।
नेपालको संविधान २०७२ पछिको पहिलो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीन प्रकारका मतपत्रको व्यवस्था गरिएका छन् । दुबै तहमा प्रत्यक्षतर्फ छुट्टाछुट्टै रङका मतपत्र छन् । प्रतिनिधिसभामा प्रत्यक्षका लागि हरियो र प्रदेशसभाको प्रत्यक्षका लागि कालो रङको मतपत्र हुनेछ । दुबै मतपत्रमा आफूले रोजेको दल वा स्वतन्त्र उम्मेदवारको निर्वाचन चिन्हमध्ये एक एकमा मत हाल्नुपर्छ ।
समानुपातिक प्रणालीतर्फ दुबै तहका लागि एउटै पृष्ठ ९तल र माथिमा सेतो रंगको पानामा रातो रङका चुनाव चिन्ह हुनेछन् । मतदाताले कुनै एउटा दलको निर्वाचन चिन्हमा एक/एक मत दिनेछन् । मतदाता शिक्षालाई अभियानकै रुपमा सञ्चालन गर्न आयोगले राष्ट्रिय सञ्चार माध्यमबाट सूचना वा सन्देशलाई निरन्तर रुपमा प्रवाह गर्दै आएको छ । आयोगले विभिन्न १७ भाषामा अडियो, भिडियोका सामग्री उत्पादन गरी रेडियो, टेलिभिजन, निजी क्षेत्रका एफएम रेडियो तथा फिल्म हलमा समेत मतदाता शिक्षाबारे प्रशारण गराण गराउँदै आएको छ ।
यस्तै सडक नाटक, सार्वजनिकस्थलमा फ्लेक्स बोर्ड, प्रश्नोत्तर, हाते पुस्तिका, पोष्टर, सात प्रकारका फ्लिप चार्ट, मोबाइल भ्यान, लोक दोहोरीसहितको सांगीतिक कार्यक्रम गरेर पनि मतदाता शिक्षा दिइएको आयुक्त शर्माले बताउनुभयो । दोस्रो चरणको निर्वाचनका लागि १५ हजार ३४४ मतदान केन्द्र तोकिएको छ । रासस
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












