मतदानस्थलमा पनि सिकाइन्छ मत हाल्ने तरिका
काठमाडौँ, १९ मंसिर । के तपाई निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ हुनुहुन्न भने चिन्ता नगर्नुुस्, तपाईलाई मतदानस्थलमा पनि मत संकेत गर्ने तरिका सिकाउने व्यवस्था छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाता शिक्षाका लागि पर्याप्त समय नहुँदा र दुई तहको निर्वाचन एकै पटक गर्न परेकाले कतिपय मतदातामा मतदान विधिबारे भएका अन्योल मेट्न निर्वाचन आयोगले मतदानस्थल र मतदानकेन्द्रमा मतदाता परिचयपत्र लिन आउदा वा निर्वाचनका दिन पनि मत हाल्ने तरिका सिकाउने प्रबन्ध गरेको हो ।
निर्वाचन आयोगले हरेक मतदान केन्द्रका लागि १९ हजार ९०८ जना मतदाता शिक्षा कार्यकर्तालाई घर घरमा पुग्ने गरी खटाउनुका साथै ती कार्यकर्ताले मंसिर १९ र २० गते प्रत्येक मतदानस्थलमा परिचयपत्र लिन आउने मतदातालाई मतपत्र देखाएर मतसंकेत गर्न सिकाउने व्यवस्था मिलाएको छ । मतदान केन्द्रमा पनि मतदाताले सोधेमा मत हाल्ने तरिकाबारे सिकाउन स्वयंसेवक परिचालन गरिएको आयुक्त इला शर्माले बताउनुभयो ।
दोस्रोचरणका ४५ जिल्लामा यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि अन्य तयारी पूरा भए पनि मतदाताले हालेको मत बदर हुने हो कि भन्ने चिन्ता सबैजसो दललाई परेको देखिन्छ । आयोगले विभिन्न माध्यमबाट मतदाता शिक्षा कार्यक्रम जारी राखेको छ भने दलहरुले आफ्नो निर्वाचन प्रचारका क्रममा पनि मत हाल्ने तरिका बारे जानकारी दिँदै आएका छन् ।
काठमाडौँ क्षेत्र नं ४ स्थित बूढानीलकण्ठ नगरपालिका– १२ का ३० वर्षीय सन्तोष लुइँटेल आयोगका सूचनाबाट आफूले मत हाल्ने तरिकाबारे थाहा पाए पनि कतिपय ज्येष्ठ मतदातामा अन्योल हुनसक्ने बताउनुहुन्छ । मत हाल्न जान्दैनन् भन्ने नाममा उनीहरूको मत एकाघर वा इच्छाइएको व्यक्तिबाट हाल्न लगाउँदा दुरुपयोग हुनसक्ने चिन्ता लुइँँटेलको छ ।
कंलकी निवासी चन्द्रमा घिमिरे र अञ्जु भट्टराई भने कसरी मत हाल्ने भन्ने हालसम्म स्पष्ट नभएको बताउनुहुन्छ । उहाँहरु मतदान केन्द्रमा पुगेर यसबारे बुझेर मत हाल्ने तयारीमा हुनुहुन्छ । काठमाडौँ क्षेत्र नं ६ मा पर्ने मनमैजू निवासी २८ वर्षीय बबिता श्रेष्ठ घिमिरे मतदाता शिक्षाबारे अरुलाई पनि जानकारी गराउँदै सामाजिक कार्यकर्ता बनेर आज पनि हिँडिरहनुभएको छ । ‘यतातिर सबैजसोलाई मत हाल्ने तरिका बताइसकेका छौँ, सायद समस्या हुँदैन होला ।’ उहाँले भन्नुभयो ।
नेपालको संविधान २०७२ पछिको पहिलो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीन प्रकारका मतपत्रको व्यवस्था गरिएका छन् । दुबै तहमा प्रत्यक्षतर्फ छुट्टाछुट्टै रङका मतपत्र छन् । प्रतिनिधिसभामा प्रत्यक्षका लागि हरियो र प्रदेशसभाको प्रत्यक्षका लागि कालो रङको मतपत्र हुनेछ । दुबै मतपत्रमा आफूले रोजेको दल वा स्वतन्त्र उम्मेदवारको निर्वाचन चिन्हमध्ये एक एकमा मत हाल्नुपर्छ ।
समानुपातिक प्रणालीतर्फ दुबै तहका लागि एउटै पृष्ठ ९तल र माथिमा सेतो रंगको पानामा रातो रङका चुनाव चिन्ह हुनेछन् । मतदाताले कुनै एउटा दलको निर्वाचन चिन्हमा एक/एक मत दिनेछन् । मतदाता शिक्षालाई अभियानकै रुपमा सञ्चालन गर्न आयोगले राष्ट्रिय सञ्चार माध्यमबाट सूचना वा सन्देशलाई निरन्तर रुपमा प्रवाह गर्दै आएको छ । आयोगले विभिन्न १७ भाषामा अडियो, भिडियोका सामग्री उत्पादन गरी रेडियो, टेलिभिजन, निजी क्षेत्रका एफएम रेडियो तथा फिल्म हलमा समेत मतदाता शिक्षाबारे प्रशारण गराण गराउँदै आएको छ ।
यस्तै सडक नाटक, सार्वजनिकस्थलमा फ्लेक्स बोर्ड, प्रश्नोत्तर, हाते पुस्तिका, पोष्टर, सात प्रकारका फ्लिप चार्ट, मोबाइल भ्यान, लोक दोहोरीसहितको सांगीतिक कार्यक्रम गरेर पनि मतदाता शिक्षा दिइएको आयुक्त शर्माले बताउनुभयो । दोस्रो चरणको निर्वाचनका लागि १५ हजार ३४४ मतदान केन्द्र तोकिएको छ । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












