मौनअवधिमा पैसा बाँड्न हिडेको भन्दै राजेन्द्र महतोमाथि कांग्रेस कार्यकर्ताको आक्रमण
जनकपुर, २० मंसिर । मौनअवधिमा पैसा बाडेको भन्दै राजपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार तथा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसहितका नेता कार्यकर्ता जनकपुर महानगरपालिका वडा नम्बर ८ स्थित देबीचोकमा भेटिएपछि झडप भएको हो ।
कांग्रेस कार्यकर्ताले मौनअवधिमा राजेन्द्र महतो पैसा बाँड्न हिडेको आरोप लगाउँदै अवरोध गरेपछि झडप भएको हो । राजपाले भने कार्यकर्ता भेट्न र खाना खानका लागि निस्केको बेला कांग्रेस कार्यकर्ताबाट गुण्डागर्दी शैलीमा आक्रामण भएको आरोप लगाएको छ ।
राती साढे ११ बजे देबी चोकमा जिल्ला नेता जीवनाथ चौधरी, सञ्जय शाहका कार्यकर्ता नवीन यादव, तरुण दलका नगर उपाध्यक्ष राकेश विक्रम साहलगायतले आक्रमण गरेको राजपाका जिल्ला अध्यक्ष सञ्जय चौधरीले आरोप लगाए । त्यहाँ आफूहरु कुनै गलत मनसाय राखेर गएको नभई कार्यकर्ताको घरमा भेटघाट र खाना खानको लागिमात्रै गएको दाबी गरे ।
यस्तै कांग्रेस स्थानीय नेता जीवनाथ चौधरीले मौन अवधिमा मतदाता प्रभावित पार्न पैसा बाड्न महतोलगायतको टोली हिँडेको पाइएपछि आफूहरुले अवरोध मात्रै गरेको बताए । कांग्रेसका कार्यकर्ताको अवरोध र झडपपछि महतोलगायतका नेता कार्यकर्ता त्यहाँबाट भागेको बताइएको छ । धनुषा–३ मा महतो र कांग्रेसका विमलेन्द्र निधिबीच प्रतिस्पर्धा हुँदैछ । महतो र निधि आ आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएका छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












