मौनअवधिमा पैसा बाँड्न हिडेको भन्दै राजेन्द्र महतोमाथि कांग्रेस कार्यकर्ताको आक्रमण
जनकपुर, २० मंसिर । मौनअवधिमा पैसा बाडेको भन्दै राजपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार तथा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसहितका नेता कार्यकर्ता जनकपुर महानगरपालिका वडा नम्बर ८ स्थित देबीचोकमा भेटिएपछि झडप भएको हो ।
कांग्रेस कार्यकर्ताले मौनअवधिमा राजेन्द्र महतो पैसा बाँड्न हिडेको आरोप लगाउँदै अवरोध गरेपछि झडप भएको हो । राजपाले भने कार्यकर्ता भेट्न र खाना खानका लागि निस्केको बेला कांग्रेस कार्यकर्ताबाट गुण्डागर्दी शैलीमा आक्रामण भएको आरोप लगाएको छ ।
राती साढे ११ बजे देबी चोकमा जिल्ला नेता जीवनाथ चौधरी, सञ्जय शाहका कार्यकर्ता नवीन यादव, तरुण दलका नगर उपाध्यक्ष राकेश विक्रम साहलगायतले आक्रमण गरेको राजपाका जिल्ला अध्यक्ष सञ्जय चौधरीले आरोप लगाए । त्यहाँ आफूहरु कुनै गलत मनसाय राखेर गएको नभई कार्यकर्ताको घरमा भेटघाट र खाना खानको लागिमात्रै गएको दाबी गरे ।
यस्तै कांग्रेस स्थानीय नेता जीवनाथ चौधरीले मौन अवधिमा मतदाता प्रभावित पार्न पैसा बाड्न महतोलगायतको टोली हिँडेको पाइएपछि आफूहरुले अवरोध मात्रै गरेको बताए । कांग्रेसका कार्यकर्ताको अवरोध र झडपपछि महतोलगायतका नेता कार्यकर्ता त्यहाँबाट भागेको बताइएको छ । धनुषा–३ मा महतो र कांग्रेसका विमलेन्द्र निधिबीच प्रतिस्पर्धा हुँदैछ । महतो र निधि आ आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












