मोरङमा मतदान उल्लासमय, सप्तरीका मतदाता भन्छन्, ‘देशले समृद्धि पाओस्’
विराटनगर, २१ मंसिर । मोरङमा मतदान सुचारु ढंगले शुरु भएको छ । बिहान ७ बजेदेखि नै मतदान शुरु भएको निर्वाचन आयोगको कार्यालय विराटनगरले जनाएको छ । विराटनगरस्थित विभिन्न मतदान केन्द्रमा बिहानैदेखि मतदाता लामबद्ध भएर मतदान कार्यमा सरिक भएका छन् ।
विराटनगरको सत्यनारायण माध्यमिक विद्यालयस्थित मतदान केन्द्र, कञ्चनबारीस्थित मतदान केन्द्र, महेन्द्र मोरङ क्याम्पसस्थित मतदान केन्द्रमा बिहान ७ः३५ बजेसम्ममा २५ भन्दा बढी मतदाताले मतदान गरिसकेको विराटनगरस्थित निर्वाचन आयोगका कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए । विराटनगरका छवटा निर्वाचन क्षेत्रअन्तर्गत ७५८ वटा मतदानकेन्द्रबाट छ लाख ४४ हजार ७८२ जना मतदाताले मतदान गर्नेछन् ।
सप्तरीमा मतदान शान्तिपूर्ण
यसैबीच, प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं २ को सप्तरी जिल्लामा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण एवं हर्षोल्लास साथ मतदानको कार्य शुरु भएको छ । अत्यन्त उल्लासका साथ अत्यन्त चिसोका बाबजुद लामबद्ध भई महिला, पुरुष, युवायुवती, वृद्धवृद्धा मतदान गर्नका लागि धैर्यतापूर्वक लागेको पाइएको छ ।
साथै, मतदान केन्द्र र मतदाताको सुरक्षाका लागि तीन तहमा सुरक्षा व्यवस्था मिलाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तथा म्यादी प्रहरी खटिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले भन्नुभयो । त्यस्तै, सुरक्षा निकायद्वारा गस्ती शुरु गरिएको छ भने निर्वाचन अनुगमन टोली पनि खटिएको बताइएको छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












