महिला छापामारदेखि प्रतिनिधिसभा सदस्यसम्म पुगेकी कमला रोकाको नालिबेली
रुकुम पुर्व, २२ मंसिर । माओवादी नेतृ कमला रोका पहिलो चरणको निर्वाचनमा विजयी हुने पहिलो महिला बनेकी छन् । सशस्त्र युद्धको पहिलो छापामार रहेकी कमला रुकुम पुर्वको प्रतिनिधिसभा सदस्यमा विजयी भएकी हुन् ।
२०७२ सालमा जारी नेपालको नयाँ संविधानमा उल्लेख भएअनुसार बनेको देशको कान्छो तथा ७७ औं जिल्ला रुकुम (पूर्व) बाट रोका प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीलाई ६ हजार २८ मतले पछि पार्दै रोका विजयी बनेकी हुन् ।
रोकाले १० हजार ४ सय ३४ मत ल्याउँदा घर्तीको पक्षमा ४ हजार ४ सय ६ मत आएको छ । खसेको १८ हजार १ सय १४ मतमध्ये १६ हजार ९ सय २४ मत मात्रै सदर भएको थियो । उक्त जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका ५ जना पुरुषसँगै प्रतिस्पर्धा गरेकी एक्ली रोका विजयी भइन् ।
२०३२ सालमा साविकको प्वाङ तथा हालको सिस्ने गाउँपालिका–२, मा जन्मेकी रोका माओवादीले सशस्त्र घोषणा गरेकै दिन आक्रमण भएको रुकुम आठविसकोट प्रहरी चौकी आक्रमणकी एउटी महिला सदस्य हुन् । ‘पूर्णकालीन भएको केही समयमै प्रहरी चौकी आक्रमणमा जानुपर्ने भयो,’उनले भनिन्, ‘गएर पनि चौकी आक्रमण सफलतापूर्वक सम्पन्न भयो ।’
त्यसपछि उनी २०५३ सालमा माओवादीको रुकुम जिल्लाको पहिलो महिला सदस्य भइन् । २०५४ को असार महिनामा उनी केही समय दाङको जेलमा पनि बसेकी थिइन् । २०५५ मा महिला संगठनको जिल्ला अध्यक्ष, २०५७–२०५९ सम्म माओवादीको प्यूठान जिल्ला इञ्चार्ज २०५९ देखि २०६० सम्म रोल्पा र रुकुमका केही भाग मिसायर बनाइएको विशेष जिल्लाको पार्टी इन्चार्ज भइन् ।
२०६० मा माओवादीले बनाएको ९५ जनाको केन्द्रीय समितिमा पनि उनी सदस्य थिइन् । २०६२ को चुनवाङ बैठकपछि माओवादीको सेनाको ५ औं डिभिजनको दीर्घस्मृति विग्रेड कमिसार बनेर उनी गण्डक अभियानमा लागेकी थिइन् । शान्ति स्थापनापछि मूल राजनीतिमा फर्केकी उनी २०६३ मा अन्तरिम विधायक र २०६४ को संविधानसभा निर्वाचनबाट समानुपातिक सूचीमार्फत सभासद् भएकी थिईन् ।
समानुपातिकबाट सभासद् भएकी उनी युवा तथा खेलकुद मन्त्री समेत भइसकेकी छिन् । उनी हाल माओवादी केन्द्रको सचिवालय सदस्य तथा महिला विभाग इन्चार्ज छिन् । प्रत्यक्षतर्फ उनी पहिलो पटक निर्वाचन लडेर विजयी बनेकी हुन् ।
युद्धभन्दा चुनाव जोखिम रहेको उनले प्रतिक्रिया दिएकी छिन् । मत परिणाम घोषणालगत्तै उनले भनिन् ‘युद्ध रुप पक्ष जटिल देखिए पनि सार पक्षमा सजिलो थियो । चुनाव रुप पक्षमा सजिलो देखिए पनि सार पक्ष भने जटिल भयो ।’ युद्धमा एउटै लक्ष्य प्राप्तिका लागि एउटै काममा ध्यान दिए पुग्ने भए पनि चुनावमा त्यो सुत्रले काम नगर्ने बताइन् ।
‘चुनावमा चार कान, चार आँखा नगरी स्थिति सम्हाल्न सकिने हुँदैन भने युद्धमा पाएको जिम्मेवारी पूरा गर्नेतर्फ मात्रै ध्यान दिए पुग्छ’ उनले थपिन् । उनले आफ्नो विजयी घोषणा भएपछि जिताउने मतदातालाई धन्यवाद दिँदै उनले विकास गर्ने प्रतिबद्धता गरेकी छिन् । ‘जनताले ठूलो जिम्मेवारी सुम्पिनु भयो,’ उनले भनिन्, ‘म चुनाव प्रचारको क्रममा गरेका प्रतिबद्धता पूरा गर्नतर्फ लाग्नेछु, मेरो प्रयास जिल्लाको समग्र विकास र समृद्धिको लागि हुनेछ ।’
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











