महिला छापामारदेखि प्रतिनिधिसभा सदस्यसम्म पुगेकी कमला रोकाको नालिबेली
रुकुम पुर्व, २२ मंसिर । माओवादी नेतृ कमला रोका पहिलो चरणको निर्वाचनमा विजयी हुने पहिलो महिला बनेकी छन् । सशस्त्र युद्धको पहिलो छापामार रहेकी कमला रुकुम पुर्वको प्रतिनिधिसभा सदस्यमा विजयी भएकी हुन् ।
२०७२ सालमा जारी नेपालको नयाँ संविधानमा उल्लेख भएअनुसार बनेको देशको कान्छो तथा ७७ औं जिल्ला रुकुम (पूर्व) बाट रोका प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीलाई ६ हजार २८ मतले पछि पार्दै रोका विजयी बनेकी हुन् ।
रोकाले १० हजार ४ सय ३४ मत ल्याउँदा घर्तीको पक्षमा ४ हजार ४ सय ६ मत आएको छ । खसेको १८ हजार १ सय १४ मतमध्ये १६ हजार ९ सय २४ मत मात्रै सदर भएको थियो । उक्त जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका ५ जना पुरुषसँगै प्रतिस्पर्धा गरेकी एक्ली रोका विजयी भइन् ।
२०३२ सालमा साविकको प्वाङ तथा हालको सिस्ने गाउँपालिका–२, मा जन्मेकी रोका माओवादीले सशस्त्र घोषणा गरेकै दिन आक्रमण भएको रुकुम आठविसकोट प्रहरी चौकी आक्रमणकी एउटी महिला सदस्य हुन् । ‘पूर्णकालीन भएको केही समयमै प्रहरी चौकी आक्रमणमा जानुपर्ने भयो,’उनले भनिन्, ‘गएर पनि चौकी आक्रमण सफलतापूर्वक सम्पन्न भयो ।’
त्यसपछि उनी २०५३ सालमा माओवादीको रुकुम जिल्लाको पहिलो महिला सदस्य भइन् । २०५४ को असार महिनामा उनी केही समय दाङको जेलमा पनि बसेकी थिइन् । २०५५ मा महिला संगठनको जिल्ला अध्यक्ष, २०५७–२०५९ सम्म माओवादीको प्यूठान जिल्ला इञ्चार्ज २०५९ देखि २०६० सम्म रोल्पा र रुकुमका केही भाग मिसायर बनाइएको विशेष जिल्लाको पार्टी इन्चार्ज भइन् ।
२०६० मा माओवादीले बनाएको ९५ जनाको केन्द्रीय समितिमा पनि उनी सदस्य थिइन् । २०६२ को चुनवाङ बैठकपछि माओवादीको सेनाको ५ औं डिभिजनको दीर्घस्मृति विग्रेड कमिसार बनेर उनी गण्डक अभियानमा लागेकी थिइन् । शान्ति स्थापनापछि मूल राजनीतिमा फर्केकी उनी २०६३ मा अन्तरिम विधायक र २०६४ को संविधानसभा निर्वाचनबाट समानुपातिक सूचीमार्फत सभासद् भएकी थिईन् ।
समानुपातिकबाट सभासद् भएकी उनी युवा तथा खेलकुद मन्त्री समेत भइसकेकी छिन् । उनी हाल माओवादी केन्द्रको सचिवालय सदस्य तथा महिला विभाग इन्चार्ज छिन् । प्रत्यक्षतर्फ उनी पहिलो पटक निर्वाचन लडेर विजयी बनेकी हुन् ।
युद्धभन्दा चुनाव जोखिम रहेको उनले प्रतिक्रिया दिएकी छिन् । मत परिणाम घोषणालगत्तै उनले भनिन् ‘युद्ध रुप पक्ष जटिल देखिए पनि सार पक्षमा सजिलो थियो । चुनाव रुप पक्षमा सजिलो देखिए पनि सार पक्ष भने जटिल भयो ।’ युद्धमा एउटै लक्ष्य प्राप्तिका लागि एउटै काममा ध्यान दिए पुग्ने भए पनि चुनावमा त्यो सुत्रले काम नगर्ने बताइन् ।
‘चुनावमा चार कान, चार आँखा नगरी स्थिति सम्हाल्न सकिने हुँदैन भने युद्धमा पाएको जिम्मेवारी पूरा गर्नेतर्फ मात्रै ध्यान दिए पुग्छ’ उनले थपिन् । उनले आफ्नो विजयी घोषणा भएपछि जिताउने मतदातालाई धन्यवाद दिँदै उनले विकास गर्ने प्रतिबद्धता गरेकी छिन् । ‘जनताले ठूलो जिम्मेवारी सुम्पिनु भयो,’ उनले भनिन्, ‘म चुनाव प्रचारको क्रममा गरेका प्रतिबद्धता पूरा गर्नतर्फ लाग्नेछु, मेरो प्रयास जिल्लाको समग्र विकास र समृद्धिको लागि हुनेछ ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












