च्याउ व्यवसायबाट मनग्य आम्दानी
पाल्पा, २२ मंसिर । रामपुरका कृषक बलबहादुर राना च्याउ व्यवसायबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । रानालाई यतिबेला च्याउ बिक्री गर्न भ्याइनभ्याइ छ । अहिले च्याउको याम भएकाले रानाको दैनिकी च्याउ बिक्री गर्दैमा बित्ने गरेको छ । “बजारमा च्याउको माग बढ्न थालेपछि कसरी पु¥याउने भन्ने चिन्ता छ, व्यवसाय विस्तार गरेको छु” उहाँले भन्नुभयो ।
यसवर्ष रु पाँच लाखदेखि रु ६ लाखसम्म च्याउ बिक्रीबाट आम्दानी गर्ने उहाँको लक्ष्य छ । चार वर्षसम्म विदेशमा बसेर स्वदेश फर्केलगत्तै रानाले व्यावसायिक रुपमा च्याउखेती गर्न थालेपछि उहाँले मनग्य आम्दानी गर्दैआउनुभएको छ । अहिले दैनिक ७० किलोसम्म च्याउ उत्पादन गरी पाल्पा, स्याङ्जा र तनहुँका विभिन्न स्थानीय बजारमा बिक्री गर्दै आएको कृषक रानाले बताउनुभयो । रानाले प्रतिकिलो रु दुई सयका दरले च्याउ बिक्री गर्दै आउनुभएको छ ।
च्याउ व्यवसायबाट रानाले दाम मात्र होइन जिल्लामै नमूना च्याउ व्यावसायिका रुपमा नाम कमाउनुभएको छ । एउटा बल्बबाट तीनदेखि चार पटकसम्म च्याउ टिप्न सकिने उहाँको भनाइ छ । “च्याउबाट यति धेरै आम्दानी हुन्छ भन्ने सोचेको थिइन, लक्ष्यभन्दा मनग्य आम्दानी हुन थालेपछि अब छिट्टै नै तीन हजार बल्बमा विस्तार गर्ने सोचमा छु” उहाँले भन्नुभयो ।
कम लगानी र परिश्रममा छोटो समयमा घरमै बसी /बसी मनग्य कमाइ गर्न सकिने भएपछि युवा विदेश नै धाउनु नपर्ने राना बताउनुहुन्छ । गाउँमै बसेर च्याउ व्यवसाय गरियो भने छोटो समयमा नै लखपति बन्न सकिने उहाँको भनाइ छ । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












