च्याउ व्यवसायबाट मनग्य आम्दानी
पाल्पा, २२ मंसिर । रामपुरका कृषक बलबहादुर राना च्याउ व्यवसायबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । रानालाई यतिबेला च्याउ बिक्री गर्न भ्याइनभ्याइ छ । अहिले च्याउको याम भएकाले रानाको दैनिकी च्याउ बिक्री गर्दैमा बित्ने गरेको छ । “बजारमा च्याउको माग बढ्न थालेपछि कसरी पु¥याउने भन्ने चिन्ता छ, व्यवसाय विस्तार गरेको छु” उहाँले भन्नुभयो ।
यसवर्ष रु पाँच लाखदेखि रु ६ लाखसम्म च्याउ बिक्रीबाट आम्दानी गर्ने उहाँको लक्ष्य छ । चार वर्षसम्म विदेशमा बसेर स्वदेश फर्केलगत्तै रानाले व्यावसायिक रुपमा च्याउखेती गर्न थालेपछि उहाँले मनग्य आम्दानी गर्दैआउनुभएको छ । अहिले दैनिक ७० किलोसम्म च्याउ उत्पादन गरी पाल्पा, स्याङ्जा र तनहुँका विभिन्न स्थानीय बजारमा बिक्री गर्दै आएको कृषक रानाले बताउनुभयो । रानाले प्रतिकिलो रु दुई सयका दरले च्याउ बिक्री गर्दै आउनुभएको छ ।
च्याउ व्यवसायबाट रानाले दाम मात्र होइन जिल्लामै नमूना च्याउ व्यावसायिका रुपमा नाम कमाउनुभएको छ । एउटा बल्बबाट तीनदेखि चार पटकसम्म च्याउ टिप्न सकिने उहाँको भनाइ छ । “च्याउबाट यति धेरै आम्दानी हुन्छ भन्ने सोचेको थिइन, लक्ष्यभन्दा मनग्य आम्दानी हुन थालेपछि अब छिट्टै नै तीन हजार बल्बमा विस्तार गर्ने सोचमा छु” उहाँले भन्नुभयो ।
कम लगानी र परिश्रममा छोटो समयमा घरमै बसी /बसी मनग्य कमाइ गर्न सकिने भएपछि युवा विदेश नै धाउनु नपर्ने राना बताउनुहुन्छ । गाउँमै बसेर च्याउ व्यवसाय गरियो भने छोटो समयमा नै लखपति बन्न सकिने उहाँको भनाइ छ । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












