मानवअधिकारको अवस्था सन्तोषजकन छैन: राष्ट्रपति विद्यादेवी भण्डारी
काठमाडौँ, २२ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा संक्रमणकालको अन्त्य नहुँदा मानवअधिकारको अवस्था सुढृद्ध हुन नसकेको बताउनुभएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहका मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७३/७४ ग्रहण गर्दै उहाँले मुलुकमा संक्रमणकालीन अवस्थामा सोचेअनुरुप मानव अधिकारको अवस्था सुढृढ हुन नसकेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले आयोगले तयार पारेको प्रतिवेदनअनुसार कार्यान्वयन गरेर जानु जरुरी भएको उल्लेख गर्नुभयो । आयोगले नेपालको संविधानअनुसार प्रत्येक वर्ष राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष अनुपराज शर्मासहितको टोलीले आज राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन बुझाएको हो ।
आयोगका अध्यक्ष शर्माले प्रतिवेतनका बारेमा संक्षिप्त जानकारी दिँदै मुलुकमा मानवअधिकारको अवस्था सन्तोषजनक नभएको उल्लेख गर्दै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले काम नै नसकी म्याद सकिन लागेको बताउनुभयो ।
वृहत शान्ति सम्झौता भएको एक दशक बितिसक्दा र द्वन्द्वकालीन दुई आयोग गठन गरे तापनि पीडितले अझै न्याय पाउन नसकेको प्रतिवेदनमा उल्लेख छ । साथै, शान्तिपूर्वक बाँच्न पाउने हकको उल्लंघन हुनु, दलका कार्यकर्ताबाट आयोगकै सवारीमा तोडफोड हुनु, बढ्दो घरेलु हिंसा, निर्वाचनमा बालबालिकाको प्रयोग हुन, कम मूल्यमा युवा स्वरोजगारीका लागि वैदेशिक रोजगारीमा जान बाध्य हुनुजस्ता समस्या रहेको उल्लेख छ । रासस
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











