श्रेष्ठलाई खेलकुद क्षेत्रदेखि संसद्सम्म पुग्ने अवसर

काठमाडौँ, २३ मंसिर । नेकपा एमालेका क्रियाशील सदस्य जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रदेखि संसद्सम्म पुग्ने अवसर प्राप्त गर्नुभएको छ । यही मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा उहाँ काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका उम्मेदवार भई निर्वाचित हुनुभएको छ । उहाँले १३ हजार ३९७ मत प्राप्त गरी संसद्मा प्रवेश गर्नका लागि जनादेश पाउनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नवीन्द्रराज जोशीले १२ हजार ९५३ मत प्राप्त गर्नुभएको छ । सोही क्षेत्रमा विसं २०६४ र २०७० बाट निर्वाचित जोशी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुनुहुन्छ ।
विसं २०२२ पुस १५ गते काठमाडौँमा जन्मनुभएका श्रेष्ठले विसं २०४२ देखि नेकपा मालेमा प्रवेश गरेर राजनीति शुरु गर्नुभएको हो । उहाँ २०७० मा भएको दोस्रो संविधानसभाको चुनावमा जोशीको निकटतम प्रतिद्वन्द्वी हुनुभएको थियो ।
तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको स्थापना हुँदा श्रेष्ठ सदस्य, केन्द्रीय सचिव, विदेश विभाग प्रमुख हुँदै केन्द्रीय उपाध्यक्षसम्म बन्नुभएको थियो । नेकपा एमालेको बुटवलमा सम्पन्न आठौँ महाधिवेशनले उहाँलाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेको थियो ।
उहाँले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा विसं २०५३ र २०६४ मा गरी दुई पटक जिम्मेवारी वहन गरिसक्नुभएको छ । अहिले उहाँ नेपाल ओलम्पिक कमिटीका अध्यक्षको जिम्मेवारीमा रहनुभएको छ । काठमाडौँ महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ वडा तथा नागार्जुन नगरपालिकाका ४ र ५ वडासमेत उक्त क्षेत्रमा पर्छ । विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्य तथा जीवित देवी कुमारीलाई राख्ने घर, लाखेघर, जनकनन्दिनी सीताले टेकेको पवित्र भूमि सीतापाइला, तलेजु मन्दिर जस्ता सम्पदा र इन्द्रजात्रालगायत विभिन्न जात्रापर्वको प्रचलन रहेको त्यस क्षेत्रमा श्रेष्ठ निर्वाचित भएको खबर आएपछि विजय जुलुस शुरु भएको छ ।
श्रेष्ठले आफू निर्वाचित भएपछि रासससँग कुरा गर्दै उक्त क्षेत्रलाई सम्पदास्थलका रुपमा विकास गर्नाका साथै भूकम्पले भत्किएका सम्पदास्थल तथा भूकम्पबाट धरापमा परेका निजी घरको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो ।
संयुक्त वाम गठबन्धनको घोषणापत्रलाई कार्यान्वयन गर्ने सन्दर्भमा आफूले भूमिका निर्वाह गर्ने बताउँदै उहाँले स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका परियोजना उपलब्ध गराइने वचन दिनुभयो । नेता श्रेष्ठले खेलकुद क्षेत्रको विकासमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रबाट सहयोग जुटाउने बताउँदै नेपाल ओलम्पिक कमिटीका नेतृत्वमा डल्लु आवासमा करिब रु पाँच करोडको लागतमा कभर्ड हल निर्माण गरिने पनि जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा
काठमाडौं। सह–आयोजक क्यानडाले कप्तान स्टेफन युस्ताकियोको इन्ज्युरी समयमा गरेको निर्णायक गोलको मद्दतमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै फिफा विश्वकप...
-
विश्वकप २०२६: समूह चरण सकियो, अन्तिम ३२ टोलीको भिडन्त तय
काठमाडौं । ४८ टोली सहभागी पहिलो पटकको विस्तारित विश्वकप फुटबलको समूह चरण सम्पन्न भएसँगै नकआउट चरणमा पुग्ने अन्तिम ३२ टोलीको...
-
विश्वकप फुटबल : उसमान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता
काठमाण्डौ - फ्रान्सले फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ गोलले पराजित गरेको छ । लगातार तेस्रो...
-
विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश
काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा...
-
विश्वकपमा क्रिस्टियानोले बनाए रेकर्ड, लगातार ६ गोल गर्ने पहिलो खेलाडी
एजेन्सी । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। विश्वकपअन्तर्गत मंगलबारको खेलमा उज्बेकिस्तानविरुद्ध उनले दुई...
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...











