सार्कलाई प्रभावकारी र परिणाममुखी तुल्याऔँ : नेपाल
काठमाडौँ, २६ मंसिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्षका नाताले नेपालले उक्त क्षेत्रीय संगठनलाई प्रभावकारी एवं परिणाममुखी तुल्याउनुपर्नेमा जोड दिएको छ ।
सार्कको संस्थापक मुलुक नेपालले भर्खरै ३३ वर्षमा प्रवेश गरेको सार्कलाई दक्षिण एशियाका जनताका विकासका चाहना पूरा गर्न र उनीहरुको जीवनस्तर उठाउन संगठनलाई अझ सुदृढ र गतिशील तुल्याउनुपर्ने बताएको छ । सार्क सचिवालयमा आजदेखि प्रारम्भ भएको कार्यक्रम समितिको ५४ औँ बैठकलाई सम्बोधन गर्दै कार्यक्रम समितिका अध्यक्ष एवं परराष्ट्र मन्त्रालयका क्षेत्रीय संगठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले संगठन र त्यसअन्तर्गतका निकायका निर्णय समयमा नै कार्यान्वयन गर्नु अपरिहार्य भएको बताउनुभयो ।
उहाँले सार्कका गतिविधि सदस्य मुलुकका नागरिकले महसुस गर्ने किसिमका हुनुपर्छ भन्दै सार्क संयन्त्रका बैठक एवं अन्य गतिविधि प्रभावित हुन नहुने बताउनुभयो । दक्षिण एशियाको समृद्धिका लागि सबै मुलुकबीच सहकार्य र समन्वय आवश्यक भएको उहाँको कथन थियो । सार्कका महासचिव अमजद हुसेन बी सियालले सार्क प्रक्रियालाई गति दिन अथक प्रयास भइरहेको र त्यस क्रममा सातौँ आन्तरिक मामिला गृहमन्त्रीस्तरीय र छैटौँ स्वास्थ्यमन्त्रीस्तरीय बैठक सम्पन्न भएको जानकारी दिनुभयो ।
“यसै वर्ष सार्क मन्त्रिपरिषद् र अर्थ मन्त्रीहरूको अनौपचारिक बैठक भयो, केही बैठकमा सदस्य देशबाट सहभागिता सुनिश्चित नहुँदा तिनलाई पछिसार्नु प¥यो,” सार्कका गतिविधिबारे जानकारी दिँदै उहाँले भन्नुभयो । सार्कको नेतृत्व पंक्तिले दिएको निर्देशन कार्यान्वयन गर्न सार्कका संयन्त्रलाई गतिशील बनाउनुपर्ने आवश्यकता औँल्याउँदै समयसारिणी र कार्यतालिकाअनुसार सार्कका कार्यक्रम एवं अन्य गतिविधि सञ्चालन हुनुपर्ने बताउनुभयो । साथै, महासचिव सियालले सार्क सचिवालयलाई सबल, सुदृढ र प्रभावकारी बनाउन सचिवालयबाट सम्पादित कामको विवरण प्रस्तुत गर्नुभयो ।
महाशाखा प्रमुख भट्टराईका अनुसार बैठकमा सार्क सचिवालय, सार्कका पाँच क्षेत्रीय केन्द्र र चार विशिष्टीकृत निकायको बजेटमा छलफल हुनेछ । सहसचिव भट्टराईको नेतृत्वमा जारी बैठकमा सार्कका सबै मुलुकका परराष्ट्र बाह्य मामिला मन्त्रालयमा सार्क महाशाखा हेर्ने सहसचिव, क्षेत्रीय केन्द्र र विशिष्टीकृत निकायका अधिकारी गरी ५० जना सहभागी छन् । बैठक भोलि बुधबार सम्पन्न हुनेछ । रासस
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












