सार्कलाई प्रभावकारी र परिणाममुखी तुल्याऔँ : नेपाल
काठमाडौँ, २६ मंसिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्षका नाताले नेपालले उक्त क्षेत्रीय संगठनलाई प्रभावकारी एवं परिणाममुखी तुल्याउनुपर्नेमा जोड दिएको छ ।
सार्कको संस्थापक मुलुक नेपालले भर्खरै ३३ वर्षमा प्रवेश गरेको सार्कलाई दक्षिण एशियाका जनताका विकासका चाहना पूरा गर्न र उनीहरुको जीवनस्तर उठाउन संगठनलाई अझ सुदृढ र गतिशील तुल्याउनुपर्ने बताएको छ । सार्क सचिवालयमा आजदेखि प्रारम्भ भएको कार्यक्रम समितिको ५४ औँ बैठकलाई सम्बोधन गर्दै कार्यक्रम समितिका अध्यक्ष एवं परराष्ट्र मन्त्रालयका क्षेत्रीय संगठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले संगठन र त्यसअन्तर्गतका निकायका निर्णय समयमा नै कार्यान्वयन गर्नु अपरिहार्य भएको बताउनुभयो ।
उहाँले सार्कका गतिविधि सदस्य मुलुकका नागरिकले महसुस गर्ने किसिमका हुनुपर्छ भन्दै सार्क संयन्त्रका बैठक एवं अन्य गतिविधि प्रभावित हुन नहुने बताउनुभयो । दक्षिण एशियाको समृद्धिका लागि सबै मुलुकबीच सहकार्य र समन्वय आवश्यक भएको उहाँको कथन थियो । सार्कका महासचिव अमजद हुसेन बी सियालले सार्क प्रक्रियालाई गति दिन अथक प्रयास भइरहेको र त्यस क्रममा सातौँ आन्तरिक मामिला गृहमन्त्रीस्तरीय र छैटौँ स्वास्थ्यमन्त्रीस्तरीय बैठक सम्पन्न भएको जानकारी दिनुभयो ।
“यसै वर्ष सार्क मन्त्रिपरिषद् र अर्थ मन्त्रीहरूको अनौपचारिक बैठक भयो, केही बैठकमा सदस्य देशबाट सहभागिता सुनिश्चित नहुँदा तिनलाई पछिसार्नु प¥यो,” सार्कका गतिविधिबारे जानकारी दिँदै उहाँले भन्नुभयो । सार्कको नेतृत्व पंक्तिले दिएको निर्देशन कार्यान्वयन गर्न सार्कका संयन्त्रलाई गतिशील बनाउनुपर्ने आवश्यकता औँल्याउँदै समयसारिणी र कार्यतालिकाअनुसार सार्कका कार्यक्रम एवं अन्य गतिविधि सञ्चालन हुनुपर्ने बताउनुभयो । साथै, महासचिव सियालले सार्क सचिवालयलाई सबल, सुदृढ र प्रभावकारी बनाउन सचिवालयबाट सम्पादित कामको विवरण प्रस्तुत गर्नुभयो ।
महाशाखा प्रमुख भट्टराईका अनुसार बैठकमा सार्क सचिवालय, सार्कका पाँच क्षेत्रीय केन्द्र र चार विशिष्टीकृत निकायको बजेटमा छलफल हुनेछ । सहसचिव भट्टराईको नेतृत्वमा जारी बैठकमा सार्कका सबै मुलुकका परराष्ट्र बाह्य मामिला मन्त्रालयमा सार्क महाशाखा हेर्ने सहसचिव, क्षेत्रीय केन्द्र र विशिष्टीकृत निकायका अधिकारी गरी ५० जना सहभागी छन् । बैठक भोलि बुधबार सम्पन्न हुनेछ । रासस
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












