नागरिक बडापत्र : ६३ प्रतिशतलाई थाहा छैन
काठमाडौँ, २६ मंसिर । राष्ट्रिय सतर्कता केन्द्रले संखुवासभा जिल्लामा गरेको सेवाग्राही सर्वेक्षणमा ६३ प्रतिशत जनताले नागरिक बडापत्रका विषयमा केही थाहा नभएको बताएका छन् । केन्द्रले हालै जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला समन्वय समितिको कार्यालयलगायतमा सेवा लिन आएकाहरुसँग गरेको सर्वेक्षणका क्रममा यस्तो परिणाम भएको प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिनुभयो ।
कार्यालयले नागरिक बडापत्र, सेवा प्रवाहको दस्तुर तथा समयलगायत सार्वजनिक गर्नुपर्ने सूचना प्रवाहमा कमजोरी गरेको देखिएको छ । कार्यालयको एउटा कुनामा देखाउनकै लागि मात्र नागरिक बडापत्र राख्ने, मेटिन लाग्दा पनि परिवर्तन नगर्ने तथा पढ्न नजान्नेका लागि नागरिक बडापत्रमा उल्लेख भएका विषय बुझाउने कुनै तरिका नअपनाइएको केन्द्रले जनाएको छ ।
केन्द्रले तयार पारेको लिखित प्रश्नोत्तरका आधारमा जिल्ला कार्यालयमा सेवा लिन आएका ५४ सेवाग्राहीमा गरिएको सर्वेक्षणमा तिनले सेवाको दस्तुर र सेवा प्राप्त गर्न लाग्ने समयका विषयमा केही थाहा नभएको बताए ।यसैगरी सूचनाको हकका विषयमा ६१ प्रतिशतले थाहा नभएको जानकारी गराए । चौवन्न प्रतिशत मानिस सरकारी कार्यालयको सेवाबाट सन्तुष्ट र ४६ प्रतिशत असन्तुष्ट भएको सर्वेक्षण फाराममा लेखिएको छ । त्यस्तै १५ प्रतिशतले सेवा लिँदा कार्यालयको भौचर नकाटी अतिरिक्त रकम तिर्नुपरेको उल्लेख गरेका छन् । रासस
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












