के तपाईको स्तन नराम्रो छ ? हो भने आकर्षक यसरी बनाउनुहोस्
एजेन्सी, २६ मंसिर । महिलाको समग्र सौन्दर्यको एउटा हिस्सा स्तन एवं वक्षस्थल हो । यद्यपी स्तनको बनौटले त्यो कुराको निर्धारण गर्छ, त्यो आकर्षक छरछैन भन्ने कुरा । सौन्दर्यको मानक अनुसार स्तन कस्तो हुनुपर्छ भन्ने एक किसिमको मापदण्ड हुन्छ ।
यद्यपी स्तन झोलिएको हुनसक्छ, शिथिल हुनसक्छ, धेरै भद्दा हुनसक्छ, अस्वभाविक सानो हुनसक्छ, यस किसिमको स्तनलाई आकर्षक मानिदैन । गर्भावस्था, हर्मोनको उतार(चढाव र बढ्दो उमेरसँगै स्तनको सौन्दर्य पनि फिका हुँदै जान्छ । यो प्राकृतिक प्रक्रिया नै हो ।
यद्यपी स्तनको सौन्दर्य कायम राख्न सकिन्छ । यसका लागि अहिले विभिन्न विधि अपनाउने गरिन्छ । कृतिम तरिकाले पनि स्तन सुडौल बनाउन सकिन्छ । सर्जिकल विकल्प पनि उपलब्ध छ । यद्यपी सबैभन्दा राम्रो विकल्प हो, प्राकृतिक तरिका । प्राकृतिक विधीबाट स्तन सुडौल बनाउन सकिन्छ यो प्रभावकारी पनि हुन्छ ।
कसरी बनाउने सुडौल स्तन ?
उन्नत र पुष्ट स्तनका लागि स्वास्थ्य पनि राम्रो हुनुपर्छ । शरीरलाई सहि पोश्चरमा राख्नुपर्छ । पोष्टिक भोजन नियमिन रुपले लिनुपर्छ । पुरा निन्द्रा लिनुपर्छ । मानसिक रुपले शान्त रहेर खुसी हुने प्रयास गर्नुपर्छ । यसका साथै हातले गर्ने काम गर्नुपर्छ, जसले स्तनको व्यायाम हुन्छ । स्तनको मसाज गर्नुपर्छ । यसले अविकसित वा सिथिल स्तन पुष्ट हुन्छ ।
स्तनलाई आकर्षक बनाउनका लागि केहि व्यायाम वा योगासन हुन्छ । त्यस्ता व्यायामलाई विधिपूर्वक अभ्यास गर्नुपर्छ । पुशअप जस्ता व्यायामले छाती कसिलो र आकर्षक बनाउन सकिन्छ । यससँगै उचित साइजको ब्रा लगाउनुपर्छ । ब्राको साइज सही हुनुपर्छ । जगिङ जस्तो व्यायाम गर्दा स्तन झोलिने हुन्छ यस्तो बेला स्पोर्ट्स ब्रा लगाउनुपर्छ ।
पुश अप
– आफ्नो दुबै हातको बलमा शरीरलाई उठाउने । कुहिना सिधा बनाउने ।
– शरीरलाई भूँइ अर्थात सतहमा सुताउने र र हातको बलले उठाउने । यसो गर्दा शरीर, खुट्टाको भाग खुम्चाउनु हुँदैन ।
– पुशअप गर्दा केवल कुहिना मोड्नुपर्छ शरीरको अन्य भाग मोड्नु हुँदैन । शरीरलाई तल लाने र माथि उठाउने अभ्यास गर्नुपर्छ । यस्तो अभ्यास निरन्तर २०-२५ पटक गर्नुपर्छ ।
वाल पुशअप
– भित्ताबाट करिब डेढदेखि दुई फिटको दुरीमा उभिने । आफ्नो उचाइ अनुसार दुरी कम वा ज्यादा गर्नुपर्छ ।
– दुबै हात सिधा गरेर भित्तामा राख्ने ।
– अब शरीरलाई भित्तामा झुकाउने र उठाउने अभ्यास गरौं । यस किसिमको पुशअप ३५ देखि ४० पटक गर्नुपर्छ ।
चेस्ट डिप्स
– दुबै हातलाई कम्मरभन्दा पछाडि लाने र कुनै कुर्सी वा बेन्चमा लगरे अड्याउने । बसेको पोजिसनमा घुँडालाई थोरै मोड्ने ।
– अब हातको कुहिना मोड्दै शरीरलाई तल र माथि गराउने ।
– यो प्रकारको चेस्ट डिप्स १५ देखि २० पटकसम्म गर्नुपर्छ ।
चेस्ट स्कीज
– बेन्च वा कुर्सीमा बस्ने । कम्मर सोझो पोजिसनमा राख्ने । दुबै हातले एउटा बल समात्ने ।
– दुबै कुहिना र बल काँधभन्दा माथि उठाउने ।
कसरी मसाज गर्ने ?
– एउटा हातको हत्केला स्तनको तल राख्ने । स्तनलाई हातमा राख्न दिने र अर्को हातलाई स्तनको माथि राख्ने ।
– अब दुबै हातले गोलाकार घुमाउँदै मालिस गर्ने ।
– अब माथिको हात तल र तलको हात माथि राखेर मालिस गर्ने ।
कसरी रोक्ने सिथिलता ?
यसका लागि प्राकृतिक उपाय छ । जस्तो कि, योग, व्यायाम, मसाज । स्तनलाई सुडौल बनाउने आफ्नै किसिमको व्यायाम हुन्छ ।
१. व्यायाम गर्नुअघि स्पोट्स ब्रा लगाउनुपर्छ, जसले प्रत्येक जम्प वा स्टेपमा स्तनलाई कसिलो बनाउँछ ।
२. पिठ्युको बलले सुत्नुपर्छ, यसले स्तनको मांसपेशीलाई लाई कसिलो बनाइराख्छ ।
३. शरीरको मोटोपन घटबढ, हर्मोनल परिवर्तन आदि कारणले स्तन ठूलो वा सानो हुनसक्छ । त्यसैले यस्तो अवस्थामा सहि किसिमको ब्रा लगाउनुपर्छ । अर्थात फिटिङ्स ब्रा लगाउनुपर्छ ।
४. स्तनमा चिसो पानी अर्थात बरफले रगड्नुपर्छ, जसले यसलाई सिथिल हुनबाट बचाउँछ ।
५. छातीको मांसपेशीलाई बलियो बनाउनुपर्छ । यसका लागि पुश-अप राम्रो उपाय हो । नियमित रुपले पुशअप गरौं । सुरुमा धिमा गतिमा र विस्तारै तिव्र गतिमा पुशअप गर्नुपर्छ ।
६. उत्तानो परेर सुत्ने । दुबै हातमा डेढदेखि पाँच किलोसम्मको तौल (भार) लिएर उठाउने र राख्ने अभ्यास गरौं ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












