रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको भन्दै गोविन्दराज जोशीलाई कारबाहीको सिफारिस
तनहुँ, २६ मंसिर । कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारवाहीको सिफारिस गरिएको छ । निर्वाचानमा आत्मघाती रुपमा विपक्षी पार्टीलाई जिताउन सहयोग गरेको भन्दै नेपाली कांग्रेस तनहुँले जोशी र अन्य २ जनालाई कारबाहीको सिफारिस गरेको हो ।
तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबिरुद्ध बागी उम्मेदवारी दर्ता गराएर निर्वाचन आयोगले खारेज गरेपछि जोशीले विपक्षी पार्टीलाई जिताउन भूमिका खेलेको भन्दै कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको हो ।
‘पौडेलकाविरुद्ध स्वतन्त्र उम्मेदवारी भन्दै मनोनय दर्ता गराएका जोशीले आयोगले उम्मेदवारी खारेजी गरेपछि विपक्षी पार्टीका उम्मेदवारलाई जिताउन लागेकाले जोशी र उनका समर्थक, प्रस्थावकलाई कारबाही सिफारिस गरेका हौं,’ कांग्रेस तनहुँ सभापति वैकुन्ठ न्यौपानेले भने, ‘उहाँले योजनावद्ध रुपमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलाई हराउन लाग्नुभएको थियो ।’
जोशीसँगै प्रस्थावक, समर्थक हरिशरण पाण्डे र रामवेदव पन्थलाई कारबाही सिफारिस गरिएको पौडेलले जानकारी दिए । जोशीले सूर्यमा भोट हाल्न आह्वान गर्दै आफ्ना कार्यकर्ताको एमालेलाई सूची बुझाउनेदेखि कांग्रेस पार्टीकैविरुद्ध आत्मघाती काम गरेको आरोप लगाउँदै तनहुँ कांग्रेसको वैठकले जोशीसहित पाण्डे र पन्थलाई कारबाही सिफारिस गरेको हो ।
भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको भन्दै निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेजपछि जोशीले तनहुँ क्षेत्र नम्बर एकका कार्यकर्तालाई ‘हामी कांग्रेस हौं तर यसपाली हाम्रो चुनाव चिह्न सूर्य हुनेछ’ भनेर ह्विप नै जारी गरेको जोशीलाई आरोप लगाइएको छ ।
पौडेल तनहुँ १ बाट एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’सँग पराजित भएका हुन् । पौडेल झन्डै सात हजार मत अन्तरले पराजित भए । किसानले ३४ हजार ४९२ मत ल्याउँदा पौडेलले २७ हजार ६९० मत पाए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












