रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको भन्दै गोविन्दराज जोशीलाई कारबाहीको सिफारिस
तनहुँ, २६ मंसिर । कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारवाहीको सिफारिस गरिएको छ । निर्वाचानमा आत्मघाती रुपमा विपक्षी पार्टीलाई जिताउन सहयोग गरेको भन्दै नेपाली कांग्रेस तनहुँले जोशी र अन्य २ जनालाई कारबाहीको सिफारिस गरेको हो ।
तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबिरुद्ध बागी उम्मेदवारी दर्ता गराएर निर्वाचन आयोगले खारेज गरेपछि जोशीले विपक्षी पार्टीलाई जिताउन भूमिका खेलेको भन्दै कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको हो ।
‘पौडेलकाविरुद्ध स्वतन्त्र उम्मेदवारी भन्दै मनोनय दर्ता गराएका जोशीले आयोगले उम्मेदवारी खारेजी गरेपछि विपक्षी पार्टीका उम्मेदवारलाई जिताउन लागेकाले जोशी र उनका समर्थक, प्रस्थावकलाई कारबाही सिफारिस गरेका हौं,’ कांग्रेस तनहुँ सभापति वैकुन्ठ न्यौपानेले भने, ‘उहाँले योजनावद्ध रुपमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलाई हराउन लाग्नुभएको थियो ।’
जोशीसँगै प्रस्थावक, समर्थक हरिशरण पाण्डे र रामवेदव पन्थलाई कारबाही सिफारिस गरिएको पौडेलले जानकारी दिए । जोशीले सूर्यमा भोट हाल्न आह्वान गर्दै आफ्ना कार्यकर्ताको एमालेलाई सूची बुझाउनेदेखि कांग्रेस पार्टीकैविरुद्ध आत्मघाती काम गरेको आरोप लगाउँदै तनहुँ कांग्रेसको वैठकले जोशीसहित पाण्डे र पन्थलाई कारबाही सिफारिस गरेको हो ।
भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको भन्दै निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेजपछि जोशीले तनहुँ क्षेत्र नम्बर एकका कार्यकर्तालाई ‘हामी कांग्रेस हौं तर यसपाली हाम्रो चुनाव चिह्न सूर्य हुनेछ’ भनेर ह्विप नै जारी गरेको जोशीलाई आरोप लगाइएको छ ।
पौडेल तनहुँ १ बाट एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’सँग पराजित भएका हुन् । पौडेल झन्डै सात हजार मत अन्तरले पराजित भए । किसानले ३४ हजार ४९२ मत ल्याउँदा पौडेलले २७ हजार ६९० मत पाए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












