भूकम्पपीडितका नाममा १,३९५ ट्याक्सी दर्ता
काठमाडौँ, २६ मंसिर । भूकम्प अतिप्रभावित १४ जिल्लाका पीडितलाई गोलाप्रथाबाट बाँडिएको एक हजार ५०० ट्याक्सीमध्ये एक हजार ३९५ खरिद भई दर्ता भएको छ । यातायात व्यवस्था विभागले गत असार पहिलो साता आवेदन दिएका एक लाख ४९ हजार ५३६ पीडितमध्येबाट गोलाप्रथाबाट एक हजार ५०० पीडित छनोट गरेको थियो । विभागले ट्याक्सी ल्याउने गोला जितेका तर घरधनीको निधन भएकाका परिवारले पनि ल्याउन पाउने निर्णय एक महिना अघि गरेको छ ।
भूकम्पपीडितको सूचीमा रही मृत्यु भएकाले वडा कार्यालयको सिफारिस ल्याए परिवारका अर्को सदस्यको नाममा ट्याक्सी ल्याउन सकिने यातायात व्यवस्था कार्यालय, सानाठूला सवारी वाग्मती, एकान्तकुनाका प्रमुख वसन्त अधिकारीले जानकारी दिनुभयो ।
सूचना नपाएका, मंसिर मसान्तसम्मको म्याद थाहा नपाएका, स्रोत जुटाउन नसकेका र विदेश रहेकाले अहिलेसम्म ट्याक्सी नल्याएको हुनसक्ने उहाँको भनाइ छ । “भूकम्पपीडितका नाममा आएका ट्याक्सीमध्ये आधाभन्दा बढी बिक्री भएको छ, पीडितले ल्याएको ट्याक्सी बेचबिखन गर्न नपाउने भन्ने कुनै कानूनी व्यवस्था छैन, उपत्यकाका बाहिर बस्नेले गोलाप्रथाबाट ट्याक्सी जित्दा यहाँ बसेर चलाउन पनि समस्या छ, त्यसैले अधिकांशले बेचेका हुन सक्छन्” – कार्यालय प्रमुख अधिकारीले भन्नुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भूकम्प अतिप्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, मकवानपुर, गोरखा, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर, धादिङ, नुवाकोट र रसुवाका पीडितलाई राहतस्वरुप एक हजार ५०० ट्याक्सी ल्याउन स्वीकृति दिएको थियो । असारमा गोलाप्रथाबाट छनोट भएका पीडितलाई मंसिर मसान्तसम्म ट्याक्सी आयात गरिसक्न असार मसान्तमै सूचना निकालिएको थियो । बाँकी १०५ ट्याक्सी यो महिनाको अन्त्यसम्म दर्ता भइसक्ने कार्यालयले जनाएको छ । रासस
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











