टनेलप्रति किसानको आकर्षण बढ्दै
दार्चुला, २७ मंसिर । पछिल्लो समय जिल्लाका अधिकांश किसान टनेलमा विभिन्न मौसमी तथा बेमौसमी तरकारी लगाइरहेका छन् । खुल्ला रुपमा भन्दा टनेलमा बढी तरकारी उत्पादन हुने भएका कारण किसान त्यसतर्फ आकर्षित हुन थालेका हुन् । उत्पादन बढी हुने, बेमौसमी तरकारी फलाउन सकिने, आधुनिक प्रविधियुक्त र सिँचाइ गर्न सजिलो हुने भएकाले किसानलाई टनेलभित्र तरकारी खेती गर्न सहज भएको सामुदायिक ग्रामीण विकास समाज नेपाल सिआरडिएसका टिम लिडर अशोक ओझाले जानकारी दिनुभयो ।
“टनेलभित्र उत्पादन बढी हुँदा आकर्षण बढ्दै गएको छ,” ओझाले भन्नुभयो । सिआरडिएसको पहल कार्यक्रमअन्तर्गत अहिले जिल्लाका भगवती, मालिकार्जुन, रिठाचौपता, बोहोरीगाउँ र खरकडामा कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जनसम्बन्धी काम भइरहेको छ । कार्यक्रम लागू भएका ठाउँमा किसान समूहमार्फत संस्थाले तरकारी खेती, बेर्ना उत्पादनलगायत सहयोग गरिरहेको ओझाले बताउनुभयो ।
विसं २०४९ मा स्थापना भएको सिआरडिएसले अहिले जिल्लाका विभिन्न ठाउँमा विकास निर्माणलगायत समाज परिवर्तनको क्षेत्रमा काम गर्दै आएको छ । पहल कार्यक्रमले तरकारीको बीउ तथा टनेल सहयोग गरेपछि आफूहरु व्यावसायिक रुपमा तरकारीखेतीतर्फ आकर्षित भएको किसानले बताएका छन् । किसानले अहिले विशेषगरी गोलभेँडा खेती गरिरहेका छन् । गाउँमै प्रतिकिलो रु ५० मा गोलभँडा बिक्री हुन थालेपछि किसान हर्षित भएका छन् । पहल कार्यक्रमले खाद्य असुरक्षा भएका ठाउँमा कृषि क्षेत्र सुधार, कृषि बजार प्रवद्र्धन, पोषण तथा सरसफाइ, विपद् जोखिम व्यवस्थापन, प्राकृतिक स्रोत व्यवस्थापन, वैकल्पिक जीविकोपार्जन, वित्तीय सेवालगायत क्षेत्रमा काम गर्दैआएको छ । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












