आज राति मिथुन उल्का वर्षा सक्रिय हुने
काठमाडौँ, २८ मंसिर । मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय रहने मिथुन उल्का वर्षा आज राति बढी सक्रिय हुने भएको छ । सक्रिय समयमा प्रतिघण्टा १२० वटासम्म उल्का देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो वर्ष देखिने उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले सन् २००९ मा अन्तरीक्षमा छोडेका स–साना धुलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किमीमाथि जलेर उल्का वर्षा देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।
यो वर्ष क्षुद्रग्रह ३२०० फेथन आफैँ पृथ्वीको नजिक रहनेछ । उल्का वर्षको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा नामकरण गरिएको हो । उल्का वर्षा हेर्न चाहने सर्वसाधारणले आफ्नो घर नजिकैको प्रकाश प्रदूषण कम भएको स्थानबाट अवलोकन गर्न तथा तस्वीर खिच्न सक्नेछन् । आज राति चन्द्रोदय ३ः५६ बजे र भोलि बिहान सूर्योदय ६ः४६ बजे हुने भएकाले अवलोकनका लागि राति ८ः४५ देखि ३ः५६ बजेसम्मको समय अनुकूल हुनेछ ।
उल्का वर्षा हेर्नलाई कुनै दुरबिनको आवश्यकता पर्दैन । उल्का वर्षा हेर्ने उत्तम उपाय भनेको नाङ्गो आँखाले हेर्नु नै हो । उल्का वर्षा अवलोकन गर्न र क्यामेरामा कैद गर्ने प्रयासका लागि काठमाडौँमा रहेका सोसाइटीका सदस्य तथा इच्छुक व्यक्ति आज साँझ नगरकोट जाँदैछन् । उल्का वर्षासम्बन्धी थप जानकारीका लागि हाम्रो कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ । रासस
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











