मोहर लगानीबाट एक करोड नाफा
पाल्पा, २८ मंसिर । पचास पैसा लगानीबाट स्थापना गरिएको रामपुर नगरपालिकास्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी गत आवमा रु एक करोड ६० लाख नाफा गर्न सफल भएको छ । विस २०५५ मा २८ जना युवाले प्रतिव्यक्ति ५० पैसा दैनिक संकलन गरी स्थापना गरेको सो सहकारीको आव २०७३÷७४ सम्ममा शेयर पूँजी रु चार करोड ५७ लाख ६० हजार रहेको छ । गत आवमा रु ३६ करोड ५४ लाख, बचत रु ४६ करोड ४५ लाख तीन हजार र अन्य कोष रु चार करोड ५२ लाख ९१ हजार रहेको सहकारीका अध्यक्ष तीर्थप्रसाद पंगेनीले बताउनुभयो ।
९१५ जना शेयर सदस्य
जिल्लाको रामपुर नगरपालिका, निस्दी, पूर्वखोला र रम्भा गाउँपालिकासम्म कार्यक्षेत्र विस्तार गरेपछि सहकारीको नौ हजार १५ जना शेयर सदस्य पुगेका छन् । सात हजार ६१६ महिला सदस्य रहेको व्यवस्थापक दीपेन्द्र पौडेलले बताउनुभयो । ग्रामीण भेगमा बैंकको अभावमा बचत तथा ऋण कारोबार गर्न स्थानीय बासिन्दाले सहकारीमार्फत सजिलो मान्छन् ।
सहकारीद्वारा सुत्केरी खर्च प्रदान
पहिलो र दोस्रो बच्चा जन्माउने महिलालाई सुत्केरी स्याहार खर्चबापत पोषिलो आहाराका लागि प्रतिसुत्केरी रु एक हजार प्रदान गर्दै आएको छ । सुत्केरी भएपछि महिला कमजोर हुने भएकाले पोषण आहाराका लागि भत्ता बाँड्न थालेको व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेलले बताउनुभयो । गत आवमा सहकारीले सुत्केरी स्याहार खर्च ७० जनालाई प्रतिव्यक्ति रु एक हजारका दरले रु ७० हजार प्रदान गरिसकेको छ ।
ज्येष्ठ सदस्यलाई मासिक भत्ता
सहकारीले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । दुई वर्षअघिदेखि ७० वर्ष नाघेका ज्येष्ठ सदस्यलाई मासिक सुरक्षा भत्ता बाँड्दै आएको हो । गत आवमा ४४ जना ज्येष्ठ सदस्यलाई मासिक रु ५०० का दरले प्रदान गरिएको हो ।
किरिया खर्चसमेत सहकारीबाट
सहकारी सदस्यको श्रीमान् वा श्रीमतीको मृत्यु भएमा किरिया खर्च प्रदान गरिन्छ । सहकारीको नाफा रकम शेयर सदस्यलाई भन्दा वृद्धवृद्धा, सुत्केरी महिला र किरिया खर्चमा सहयोग गर्न थालेपछि सहकारीप्रति थप आकर्षण बढेको हो । सदस्यको मृत्युमा रु एक हजारदेखि रु दुई हजारसम्म १४ जनालाई गरी रु २२ हजार र सदस्यको श्रीमान् वा श्रीमतीको मृत्यु भएकामा रु चार हजारका दरले २८ जनालाई सहयोग प्रदान गरिएको अध्यक्ष पंगेनीले बताउनुभयो । आर्थिक कारोबारसँगै सहकारीले सामाजिक काम गर्न थालेपछि यस जिल्लाको नमूना बन्दै गएको छ ।
सहकारीले पाल्पाका ग्रामीण क्षेत्रमा आर्थिक कारोबारका साथै स्वास्थ्य शिविर, बालमैत्री, महिला लक्षित, विद्यालयस्तरीय सचेतना कार्यक्रम, मोबाइल रिचार्ज सेवा, विप्रेषणलगायतका काम समेत गर्न थालेपछि यस भेगका स्थानीयवासी सहकारीतर्फ आकर्षित बन्दै गएका छन् । रासस
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











