निर्वाचनपछि नेपाल नयाँ युगमा प्रवेश गर्नेः उपराष्ट्रपति पुन
नेपालगञ्ज, २८ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि मुलुकको संक्रमणकालीन राजनीति समाप्त भएर जाने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघद्वारा आयोजित आठौँ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले निर्वाचनपछि संविधान कार्यान्वयनका सुखद परिणाम आउने र मुलुक समृद्धितर्फ जानेछ भन्नुभयो ।
“नेपाल नयाँ युगमा प्रवेश गर्न लागेको छ, अब हामी सबै मिलेर आर्थिक समृद्धि तथा विकासको बाटोमा मुलुकलाई दौडाउनु छ, यसका लागि राजनीतिक दलहरुबीच सहकार्य, संवाद र समझदारी निरन्तर चलिरहनु पर्छ”, उपराष्ट्रपति पुनको भनाइ थियो । उहाँले सिर्जनालाई व्यवस्थित गर्न पुस्तक, पुस्तक व्यवस्थापनका लागि पुस्तकालय र पुस्तकालयको व्यवस्थापनका लागि पुस्तक नीति हुनु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
समारोहमा आयोजक संस्थाका तर्फबाट उपराष्ट्रपति पुनलाई मायाको चिनो प्रदान गरिएको थियो । त्यस अवसरमा उपराष्ट्रपति पुनले शिक्षा, साहित्य र कला क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने त्रिभुवन विश्व विद्यालयका स्रष्टाहरु पूर्व उपकूलपति प्राध्यापक डा. सुरेशराज शर्मा, फिल्म निर्देशक यादव खरेल, साहित्यकार सनतकुमार रेग्मी र शिक्षा अभियन्ता हरिप्रसाद रावतलाई अभिनन्दनपत्र, दोसल्ला प्रदान गरी सम्मान गर्नुभएको थियो ।
त्यसैगरी, सामाजिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याउने सञ्जय सिंह, नारायण ज्ञवाली र वसन्त लामिछानेलाई पनि उपराष्ट्रपति पुनले सम्मान गर्नुभएको थियो । कर्यक्रममा क्षेत्रीय शिक्षा निर्देशक हरि गौतम, सम्मानित व्यक्तित्व शर्मा, महासंघका केन्द्रीय अध्यक्ष हरिप्रसाद अर्यालले मन्तव्य व्यक्त गर्नुभएको थियो । पुस ८ गतेसम्म सञ्चालन हुने सो पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवमा पुस्तकका १४० कक्ष राखिएका छन् भने महोत्सव अवधिभर सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने जनाइएको छ । रासस
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











