अन्तर्राष्ट्रिय मैथिली सम्मेलन पुस ७ देखि
राजविराज, २ पुस । सप्तरीको राजविराजमा यही पुस ७ र ८ गते आयोजना हुन लागेको अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको तयारी भइरहेको छ ।मैथिली साहित्य परिषद् सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन मूल आयोजक समितिका संयोजक शुभचन्द्र झाले नेपालमा सबभन्दा बढी बोलिने दोस्रो भाषा मैथिलीको राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुव्यवस्थितरुपमा विस्तार गर्न, भाषाको संरक्षण र संवद्र्धन गर्न उचित वातावरणको निर्माण गर्न ‘अन्तर्राष्ट्रिय मैथिली सम्मेलन’ आयोजना गर्न लागिएको बताउनुभयो ।
दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन स्थानीय पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा भेला भई भव्य जुलुशसहित प्रभातफेरि गरी अनुपदास धर्मशालामा पुग्ने कार्यक्रम रहेको छ । त्यस्तै सम्मेलनमा स्मारिका र केही पुस्तकको विमोचन, ‘मिथिलारत्न’ र ‘मिथिलाश्री’ सम्मानसमेत नेपाल–भारतका विशिष्ट व्यक्तित्वलाई प्रदान गरिने छ । उद्घाटन सत्र समाप्तिपश्चात् तत्काल नेपाल–भारतका अतिविशिष्ट कलाकर्मीद्वारा भव्य सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने बताउँदै दोस्रो दिन विचार गोष्ठी राखिएको बताइएको छ ।
गोष्ठीमा प्रदेश नं २ मा मैथिलीलाई कामकाजको भाषा बनाइनुपर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत हुनेछ र त्यसमाथि विभिन्न विद्वानहरुले टिप्पणी प्रस्तुत गर्नुहुनेछ । सोही सत्रमा राजविराज घोषणापत्रसमेत सर्वसम्मतिले पारित गरिने योजना रहेको मूल समितिका संयोजक झाले बताउनुभयो । नेपाल–भारतका करिब २०० प्रतिनिधिको सहभागिता रहने दुवै दिनको कार्यक्रममा नेपाल र भारत दुवै देशका लब्ध प्रतिष्ठित लेखकद्वारा लेखिएका पुस्तकको प्रदर्शनीसमेत राखिने उहाँले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












