अन्तर्राष्ट्रिय मैथिली सम्मेलन पुस ७ देखि
राजविराज, २ पुस । सप्तरीको राजविराजमा यही पुस ७ र ८ गते आयोजना हुन लागेको अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको तयारी भइरहेको छ ।मैथिली साहित्य परिषद् सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन मूल आयोजक समितिका संयोजक शुभचन्द्र झाले नेपालमा सबभन्दा बढी बोलिने दोस्रो भाषा मैथिलीको राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुव्यवस्थितरुपमा विस्तार गर्न, भाषाको संरक्षण र संवद्र्धन गर्न उचित वातावरणको निर्माण गर्न ‘अन्तर्राष्ट्रिय मैथिली सम्मेलन’ आयोजना गर्न लागिएको बताउनुभयो ।
दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन स्थानीय पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा भेला भई भव्य जुलुशसहित प्रभातफेरि गरी अनुपदास धर्मशालामा पुग्ने कार्यक्रम रहेको छ । त्यस्तै सम्मेलनमा स्मारिका र केही पुस्तकको विमोचन, ‘मिथिलारत्न’ र ‘मिथिलाश्री’ सम्मानसमेत नेपाल–भारतका विशिष्ट व्यक्तित्वलाई प्रदान गरिने छ । उद्घाटन सत्र समाप्तिपश्चात् तत्काल नेपाल–भारतका अतिविशिष्ट कलाकर्मीद्वारा भव्य सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने बताउँदै दोस्रो दिन विचार गोष्ठी राखिएको बताइएको छ ।
गोष्ठीमा प्रदेश नं २ मा मैथिलीलाई कामकाजको भाषा बनाइनुपर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत हुनेछ र त्यसमाथि विभिन्न विद्वानहरुले टिप्पणी प्रस्तुत गर्नुहुनेछ । सोही सत्रमा राजविराज घोषणापत्रसमेत सर्वसम्मतिले पारित गरिने योजना रहेको मूल समितिका संयोजक झाले बताउनुभयो । नेपाल–भारतका करिब २०० प्रतिनिधिको सहभागिता रहने दुवै दिनको कार्यक्रममा नेपाल र भारत दुवै देशका लब्ध प्रतिष्ठित लेखकद्वारा लेखिएका पुस्तकको प्रदर्शनीसमेत राखिने उहाँले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











