केही समय नरम ओली एकाएक देउवामाथि खनिए, भने– जनमतको अवमूल्यन किन गर्न लागेको ?
काठमाडौं, २ पुस । बाम गठबन्धनले वर्तमान सरकारलाई अनावश्यक निर्णय र नियुक्ति नगर्न चेतावनी दिएको छ । काम चलाउको रुपमा रहेको वर्तमान सरकारले धमाधम सरुवा बढुवा, कर्मचारी नियुक्ति गर्न थालेपछि वाम गठबन्धनले यस्तो चेतावनी दिएको हो ।
प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणामा आइसकेपछि पहिलो पटक काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै गठबन्धनले सरकारलाई जनताको मतको अवमूल्यन नगर्न भनेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई स्वस्थ्य ढंगले अगाढि बढाउने कुरामा व्यवधान हुने गरी अभिव्यक्ति दिने गरेको वाम गठबन्धनका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले बताए ।
पत्रकार सम्मेलनमा बाम गठबन्धनका ओलीले प्रधानमन्त्री देउवाले लोकतान्त्रिक मुल्य र मान्यताविपरित प्रधानमन्त्रीबाट अभिव्यक्ति आउनु सकारात्मक नभएको बताए । उनले खासगरी राष्ट्रिय सभा गठनका विषयमा प्रधानमन्त्रीले पछिल्लो समय गरेको चलखेल उपयुक्त नभएको बताए ।
उनले भने ‘निर्वाचन भइसकेर जनमत प्राप्त भइसकेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री आफै संविधान मिचेर काम गर्न खोज्दैहुनुहुन्छ । अहिले निर्वाचन सकेर परिणाम आइसकेपछि सरकारले कुनै ठुला निर्णय सरकारले गर्न सक्दैन तर अध्यादेशका नाममा प्रधानमन्त्री वलजफ्ती गर्दैै हुनुहुन्छ । ’
ओलीले यो राष्ट्रिय महत्वको विषयमा दलहरुसँग परामर्श गर्न जरुरी हुन्छ, हुदैन भन्दै प्रश्न गरे । उनले सरकारले खेल सुरु भइसकेपछि नियम परिवर्तन गर्न लागेको भन्दै खेलको विचमा नियम बनाउन नमिल्ने बताए । ‘खेल शुरु नहुँदै नियम बनाइन्छ । खेल शुरु भएपछि विचमा आएर नियम परिवर्तन गर्न पाइन्छ ?’ ओलीले भने ।
फरक प्रशंगमा अध्यक्ष ओलीले एमाले माओवादी पार्टी एकीकरण छिट्टै हुने भन्दै त्यो समय धेरै टाढा नभएको बताए । एकीकरण भएपछि पार्टी अध्यक्ष को हुने भन्नेमा विवाद नभएको भन्दै ओलीले भने, ‘मलाई अध्यक्ष चाहिने भए म पनि अध्यक्ष छु । प्रचण्डजी पनि अध्यक्ष हुनुहुन्छ । हाम्रो ध्यान अध्यक्षतिर भन्दा पनि देशले भोगिरहेको समस्या र समाधानतिर छ, जनताको इच्छा आकाक्षा पुरा गर्नेतिर छ । पद ठूलो कुरो होइन छलफल गरेर निर्णयमा पुग्न सकिन्छ ।’ उनले निर्वाचनपछि आएको परिणामले बामहरुको सरकारको माग गरेको र त्यहि अनुसार सरकार गठन हुने पनि बताए ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











