केही समय नरम ओली एकाएक देउवामाथि खनिए, भने– जनमतको अवमूल्यन किन गर्न लागेको ?
काठमाडौं, २ पुस । बाम गठबन्धनले वर्तमान सरकारलाई अनावश्यक निर्णय र नियुक्ति नगर्न चेतावनी दिएको छ । काम चलाउको रुपमा रहेको वर्तमान सरकारले धमाधम सरुवा बढुवा, कर्मचारी नियुक्ति गर्न थालेपछि वाम गठबन्धनले यस्तो चेतावनी दिएको हो ।
प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणामा आइसकेपछि पहिलो पटक काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै गठबन्धनले सरकारलाई जनताको मतको अवमूल्यन नगर्न भनेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई स्वस्थ्य ढंगले अगाढि बढाउने कुरामा व्यवधान हुने गरी अभिव्यक्ति दिने गरेको वाम गठबन्धनका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले बताए ।
पत्रकार सम्मेलनमा बाम गठबन्धनका ओलीले प्रधानमन्त्री देउवाले लोकतान्त्रिक मुल्य र मान्यताविपरित प्रधानमन्त्रीबाट अभिव्यक्ति आउनु सकारात्मक नभएको बताए । उनले खासगरी राष्ट्रिय सभा गठनका विषयमा प्रधानमन्त्रीले पछिल्लो समय गरेको चलखेल उपयुक्त नभएको बताए ।
उनले भने ‘निर्वाचन भइसकेर जनमत प्राप्त भइसकेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री आफै संविधान मिचेर काम गर्न खोज्दैहुनुहुन्छ । अहिले निर्वाचन सकेर परिणाम आइसकेपछि सरकारले कुनै ठुला निर्णय सरकारले गर्न सक्दैन तर अध्यादेशका नाममा प्रधानमन्त्री वलजफ्ती गर्दैै हुनुहुन्छ । ’
ओलीले यो राष्ट्रिय महत्वको विषयमा दलहरुसँग परामर्श गर्न जरुरी हुन्छ, हुदैन भन्दै प्रश्न गरे । उनले सरकारले खेल सुरु भइसकेपछि नियम परिवर्तन गर्न लागेको भन्दै खेलको विचमा नियम बनाउन नमिल्ने बताए । ‘खेल शुरु नहुँदै नियम बनाइन्छ । खेल शुरु भएपछि विचमा आएर नियम परिवर्तन गर्न पाइन्छ ?’ ओलीले भने ।
फरक प्रशंगमा अध्यक्ष ओलीले एमाले माओवादी पार्टी एकीकरण छिट्टै हुने भन्दै त्यो समय धेरै टाढा नभएको बताए । एकीकरण भएपछि पार्टी अध्यक्ष को हुने भन्नेमा विवाद नभएको भन्दै ओलीले भने, ‘मलाई अध्यक्ष चाहिने भए म पनि अध्यक्ष छु । प्रचण्डजी पनि अध्यक्ष हुनुहुन्छ । हाम्रो ध्यान अध्यक्षतिर भन्दा पनि देशले भोगिरहेको समस्या र समाधानतिर छ, जनताको इच्छा आकाक्षा पुरा गर्नेतिर छ । पद ठूलो कुरो होइन छलफल गरेर निर्णयमा पुग्न सकिन्छ ।’ उनले निर्वाचनपछि आएको परिणामले बामहरुको सरकारको माग गरेको र त्यहि अनुसार सरकार गठन हुने पनि बताए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












