जब ओलीले देउवालाई औला देखाउँदै भने, ‘प्रधानमन्त्री नबनुँला, तर अध्यादेश स्वीकृत गर्न दिन्नँ’
काठमाडौं, ७ पुस । निर्वाचनबाट जनताको म्याण्डेड पाएर बनेका पाँच राष्ट्रिय पार्टीका शीर्ष नेताहरु शुक्रबार एक ठाउँमा जम्मा भए । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा पाँच पार्टीका शीर्ष नेताहरु बालुवाटारस्थित सरकारी निवासमा जम्मा भएका थिए ।
नयाँ सरकार गठनका विषयमा छलफल गर्न नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेताहरु बालुवाटार गएका थिए । बैठकमा दलहरु
आ आफ्नै अडानमा रहेपछि कुनै निष्कर्ष निस्किन सकेन् । र दलहरु आ आफ्नो बाटो लाग्ने तयारी गर्दै थिए ।
विदाईका लागि हात मिलाउने क्रममा कांग्रेस नेता बिमलेन्द्र निधिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने, ‘तपाईं प्रधानमन्त्री बन्ने मान्छे, किन राष्ट्रिय सभा सम्बन्धी अध्यादेश स्वीकृत गर्न नदिएर प्रधानमन्त्री बन्न ढिलो गर्दै हुनुहुन्छ ?’ त्यसपछि ओलीको पालो उनले प्याच्च भनिहाले, ‘मैले अघि नै भनिसकें, अध्यादेशको प्रावधान असम्बैधानिक छ। बरु प्रधानमन्त्री ढिलो बनुँला तर प्रधानमन्त्री चाँडो बन्ने नाममा असंवैधानिक अध्यादेश स्वीकृत गर्न दिन्न।’
त्यसअघि बैठकमा ओलीले भनेका थिए, ‘हाम्रो संविधानमा कहीँकतै एकल संक्रमणीय मत प्रणाली सम्बन्धी व्यवस्था छैन, तर सरकारले राष्ट्रपति समक्ष स्वीकृतिका लागि पठाएको राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेशमा एकलसंक्रमणीय मतका आधारमा निर्वाचन हुने उल्लेख गरेको छ। यो सिधै संविधानको भावना प्रतिकूल छ, असम्बैधानिक छ। त्यसैले, यस्तो अध्यादेश स्वीकृत गर्ने सहमति दिइँदैन।’
जब निधिले जति चाँडो अध्यादेश स्वीकृत भयो, त्यति नै चाँडो ओली प्रधानमन्त्री बन्न सक्ने भन्दै एकल संक्रमणीय मत प्रणालीको व्यवस्था गरिएको अध्यादेश स्वीकृतिमा सहमति जनाउन ओलीलाई सुझाव दिए त्यसपछि ओलीले बरु प्रधानमन्त्री ढिलो बनुँला तर प्रधानमन्त्री चाँडो बन्ने नाममा असंवैधानिक अध्यादेश स्वीकृत गर्न नदिने बताए ।
‘बैठकमा त मान्नु भएन नै, चाँडो प्रधानमन्त्री हुनुहुन्छ, छिट्टै अध्यादेश स्वीकृत गरिदिनुस् भन्दा उहाँले यस्तो पो जवाफ दिनुभयो’ निधिले भने, ‘प्रधानमन्त्रीले अध्यादेशमा सहमति जुटाउनका लागि राष्ट्रिय पार्टीहरुको बैठक बोलाउनु भएको थियो। तर एमालेले नमानेपछि बैठक कुनै निष्कर्षमा पुग्न सकेन।’
त्यसअगावै बैठकमा बोल्ने क्रममा पनि निधिले ओली प्रधानमन्त्री बन्ने सन्दर्भ उप्काएका थिए। निधिको भनाई थियो, ‘तपाईंहरु देउवाले सत्ता छाड्न चाहेका छैनन् भन्नुहुन्छ ? ओलीजीलाई प्रधानमन्त्री बनाउने देउवाजीले होइन, राष्ट्रपतिले हो। एमाले–माओवादी केन्द्रको बहुमत छ, संविधान अनुसार सिधै राष्ट्रपतिले ओलीजीलाई प्रधानमन्त्री चयन गरे भइहाल्यो नि।’
निधिका अनुसार बैठकको सुरुवातमै प्रधानमन्त्री देउवाले संसद छँदै राष्ट्रिय सभा निर्वाचन सम्बन्धी विधेयकमा सहमति जुटाउन सम्भव नभएपछि अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति कार्यालय पठाइएको जानकारी गराएका थिए। उनले भनेका थिए, ‘जति चाँडो अध्यादेश स्वीकृत हुन्छ, म त्यति नै चाँडो प्रधानमन्त्रीको जिम्मेवारीबाट मुक्त हुन्छु। त्यसैले, यसका लागि सहयोग गरिदिनुस्।’
बैठकमा एमाले–माओवादी केन्द्रका नेताहरुले राष्ट्रिय सभाको निर्वाचन बहुमतीय प्रणालीका आधारमा हुनुपर्ने बताउँदै अध्यादेश फिर्ता गर्न भनेका थिए भने नेपाली कांग्रेस, राजपा र फोरमका नेताहरुले अध्यादेशमा रहेको एकल संक्रमणीय मत प्रणालीको पक्षमा आफ्नो धारणा राखेका थिए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












