जब ओलीले देउवालाई औला देखाउँदै भने, ‘प्रधानमन्त्री नबनुँला, तर अध्यादेश स्वीकृत गर्न दिन्नँ’
काठमाडौं, ७ पुस । निर्वाचनबाट जनताको म्याण्डेड पाएर बनेका पाँच राष्ट्रिय पार्टीका शीर्ष नेताहरु शुक्रबार एक ठाउँमा जम्मा भए । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा पाँच पार्टीका शीर्ष नेताहरु बालुवाटारस्थित सरकारी निवासमा जम्मा भएका थिए ।
नयाँ सरकार गठनका विषयमा छलफल गर्न नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेताहरु बालुवाटार गएका थिए । बैठकमा दलहरु
आ आफ्नै अडानमा रहेपछि कुनै निष्कर्ष निस्किन सकेन् । र दलहरु आ आफ्नो बाटो लाग्ने तयारी गर्दै थिए ।
विदाईका लागि हात मिलाउने क्रममा कांग्रेस नेता बिमलेन्द्र निधिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने, ‘तपाईं प्रधानमन्त्री बन्ने मान्छे, किन राष्ट्रिय सभा सम्बन्धी अध्यादेश स्वीकृत गर्न नदिएर प्रधानमन्त्री बन्न ढिलो गर्दै हुनुहुन्छ ?’ त्यसपछि ओलीको पालो उनले प्याच्च भनिहाले, ‘मैले अघि नै भनिसकें, अध्यादेशको प्रावधान असम्बैधानिक छ। बरु प्रधानमन्त्री ढिलो बनुँला तर प्रधानमन्त्री चाँडो बन्ने नाममा असंवैधानिक अध्यादेश स्वीकृत गर्न दिन्न।’
त्यसअघि बैठकमा ओलीले भनेका थिए, ‘हाम्रो संविधानमा कहीँकतै एकल संक्रमणीय मत प्रणाली सम्बन्धी व्यवस्था छैन, तर सरकारले राष्ट्रपति समक्ष स्वीकृतिका लागि पठाएको राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेशमा एकलसंक्रमणीय मतका आधारमा निर्वाचन हुने उल्लेख गरेको छ। यो सिधै संविधानको भावना प्रतिकूल छ, असम्बैधानिक छ। त्यसैले, यस्तो अध्यादेश स्वीकृत गर्ने सहमति दिइँदैन।’
जब निधिले जति चाँडो अध्यादेश स्वीकृत भयो, त्यति नै चाँडो ओली प्रधानमन्त्री बन्न सक्ने भन्दै एकल संक्रमणीय मत प्रणालीको व्यवस्था गरिएको अध्यादेश स्वीकृतिमा सहमति जनाउन ओलीलाई सुझाव दिए त्यसपछि ओलीले बरु प्रधानमन्त्री ढिलो बनुँला तर प्रधानमन्त्री चाँडो बन्ने नाममा असंवैधानिक अध्यादेश स्वीकृत गर्न नदिने बताए ।
‘बैठकमा त मान्नु भएन नै, चाँडो प्रधानमन्त्री हुनुहुन्छ, छिट्टै अध्यादेश स्वीकृत गरिदिनुस् भन्दा उहाँले यस्तो पो जवाफ दिनुभयो’ निधिले भने, ‘प्रधानमन्त्रीले अध्यादेशमा सहमति जुटाउनका लागि राष्ट्रिय पार्टीहरुको बैठक बोलाउनु भएको थियो। तर एमालेले नमानेपछि बैठक कुनै निष्कर्षमा पुग्न सकेन।’
त्यसअगावै बैठकमा बोल्ने क्रममा पनि निधिले ओली प्रधानमन्त्री बन्ने सन्दर्भ उप्काएका थिए। निधिको भनाई थियो, ‘तपाईंहरु देउवाले सत्ता छाड्न चाहेका छैनन् भन्नुहुन्छ ? ओलीजीलाई प्रधानमन्त्री बनाउने देउवाजीले होइन, राष्ट्रपतिले हो। एमाले–माओवादी केन्द्रको बहुमत छ, संविधान अनुसार सिधै राष्ट्रपतिले ओलीजीलाई प्रधानमन्त्री चयन गरे भइहाल्यो नि।’
निधिका अनुसार बैठकको सुरुवातमै प्रधानमन्त्री देउवाले संसद छँदै राष्ट्रिय सभा निर्वाचन सम्बन्धी विधेयकमा सहमति जुटाउन सम्भव नभएपछि अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति कार्यालय पठाइएको जानकारी गराएका थिए। उनले भनेका थिए, ‘जति चाँडो अध्यादेश स्वीकृत हुन्छ, म त्यति नै चाँडो प्रधानमन्त्रीको जिम्मेवारीबाट मुक्त हुन्छु। त्यसैले, यसका लागि सहयोग गरिदिनुस्।’
बैठकमा एमाले–माओवादी केन्द्रका नेताहरुले राष्ट्रिय सभाको निर्वाचन बहुमतीय प्रणालीका आधारमा हुनुपर्ने बताउँदै अध्यादेश फिर्ता गर्न भनेका थिए भने नेपाली कांग्रेस, राजपा र फोरमका नेताहरुले अध्यादेशमा रहेको एकल संक्रमणीय मत प्रणालीको पक्षमा आफ्नो धारणा राखेका थिए।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











