‘आकाशमा चम्किने तारा बनिदिन्छु एक दिन, अनि तिमी हेरी मात्र रहनु’
काठमाडौं, १२ पुस । ‘आकाशमा चम्किने तारा बनिदिन्छु एकदिन, अनि तिमी हेरि मात्र रहनु’ यो लाइन कञ्चनपुरकी एक युवतीले फेसबुकमा राखेको स्ट्याटस हो । उनले यो स्ट्याटससहित सोमबार कभर फोटो पनि राखेकी थिइन् ।
कञ्चनपुर झलारी–१० घर भएकी १९ वर्षीय पूजा धामीले आफ्नो फेसबुकमा यो स्ट्यास र फोटो राखेको एक दिन नबित्दै संसार छाडेर गएकी छन् । घरमा कोही नभएको बेला बिष सेवन गरेर उनले आत्महत्या गरेकी हुन् ।
पूजाले फेसबुकमा हिजो त्यस्तो स्ट्याटस लेखेपछि अनेक टिकाटिप्पणी सुरु भएको छ । तर, प्रहरीका अनुसार अहिलेसम्म पूजाले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । उनको फेसबुक इन्ट्रोमा आफ्ना प्रेमीसँग हात समातेको फोटो सहित सधैंभरीको साथको अपेक्षा गरेकी छिन् ।
धामी गत निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । निर्वाचन सम्पन्न भएपछि यही पुस ७ गते विदाई गरिसकेपछि पूजा घर फर्किएकी उनका आफन्तले बताएका छन् । उनले आयु लामो नरहेको क्याप्सन राख्दै मुस्काउनुपर्ने स्टाटस समेत राखेकी थिईन् ।
कक्षा १२ मा पढ्दै गरेकी उनले बिष सेवन गरेकी आफन्तहरुले थाहा पाएपछि उपचारको लागि धनगढी लगिएको थियो । तर, अस्पतालले धामीको अवस्था गम्भिर रहेको यहाँ उपचार हुन नसक्ने बताएपछि आफन्तहरुले कोहलपुर रिफर गरेका थिए ।
उपचारको लागि धनगढीबाट कोहलपुरस्थित मेडिकल कलेजमा पुर्याइएको थियो तर भर्ना लिन नमानेपछि धामीलाई नेपालगञ्ज लगिएको थियो । त्यहाँ पनि चिकित्सकहरुले बचाउन नसकिने भन्दै घर लैजान सल्लाह दिए । अन्ततः उनले यो संसार छोडेर गईन् । यसअघि झापाकी ऋचा सेढाईंले पनि यसरी नै संसारबाट बिदा लिएकी थिईन् । २० बर्षिय सेढाइले आफ्नै कोठामा आत्महत्या गरेकी थिईन् ।
कलकलाउँदै जवानीमा किन गर्छन् आत्महत्या ?
विश्वमा आत्महत्याको भयावह अवस्था छ । त्यसमाथि नेपाल आत्महत्या गर्नेमा विश्वको सातौँ स्थानमा पर्छ । महिलाको आँकडालाई हेर्दा त तेस्रो स्थानमा छ ।मानिसको मन सधैभर एउटै हुदैन । कहिले खुसी त कहिले हतास हुन्छ । तर निरन्तर रुपमा मन दुःखी हुन्छ भने त्यो राम्रो संकेत होइन ।
कहिले काँही हाम्रै आफ्न्तले देखाएको आत्महत्या सम्बन्धि स्वभावको हामीले हेक्का राख्दैनौं । तर पछि उनीहरुले छोडेको आत्महत्यासम्बन्धि नोटदेखेपछि पश्चताप मान्छौ । अत्यधिक रिसका कारणले पनि आत्महत्या गर्ने गर्छन् । सहन नसक्ने घटना, गम्भीर रोग, अपमानबोधका कारणले पनि मानिसले आत्महत्याको बाटो रोज्ने गर्छन् ।
त्यस्तै चरम आर्थिक नोक्सानी, असफल प्रेमजस्ता कारणले पनि मानिस आत्महत्या गर्ने गर्छन् । प्रायः उदास र निराशावादी भावनाका कारण मानिसले आत्महत्यालाई रोज्छन् । आत्महत्या गर्ने समय मानिसले बाँकी जीवनका लागि कुनै पनि विकल्प देखेका हुँदैनन् ।
कतिपय आत्महत्या वंशानुगत कारणले हुने गर्छ । आत्महत्या गर्ने परिवारको इतिहासले पनि मानिसले आत्महत्या गरेको पाइन्छ । काममा असुरक्षा, असन्तुष्टि, निरन्तर दुव्र्यवहारको सामनाका कारण पनि मानिस आत्महत्याको निर्णयमा पुग्छन् ।
पछिल्लो समय पुरुषको तुलनामा महिलाहरुले बढी मात्रा आत्महत्या गर्ने गरेका छन् । नेपाली समाजमा घरेलु हिंसामा परेका महिला, बलात्कार शिकार भएर समाजमा अपहेलित भएका युवती, प्रेममा धोका पाएकाहरुले बढी मात्रामा आत्महत्या गर्ने गरेका छन् ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











