‘आकाशमा चम्किने तारा बनिदिन्छु एक दिन, अनि तिमी हेरी मात्र रहनु’
काठमाडौं, १२ पुस । ‘आकाशमा चम्किने तारा बनिदिन्छु एकदिन, अनि तिमी हेरि मात्र रहनु’ यो लाइन कञ्चनपुरकी एक युवतीले फेसबुकमा राखेको स्ट्याटस हो । उनले यो स्ट्याटससहित सोमबार कभर फोटो पनि राखेकी थिइन् ।
कञ्चनपुर झलारी–१० घर भएकी १९ वर्षीय पूजा धामीले आफ्नो फेसबुकमा यो स्ट्यास र फोटो राखेको एक दिन नबित्दै संसार छाडेर गएकी छन् । घरमा कोही नभएको बेला बिष सेवन गरेर उनले आत्महत्या गरेकी हुन् ।
पूजाले फेसबुकमा हिजो त्यस्तो स्ट्याटस लेखेपछि अनेक टिकाटिप्पणी सुरु भएको छ । तर, प्रहरीका अनुसार अहिलेसम्म पूजाले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । उनको फेसबुक इन्ट्रोमा आफ्ना प्रेमीसँग हात समातेको फोटो सहित सधैंभरीको साथको अपेक्षा गरेकी छिन् ।
धामी गत निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । निर्वाचन सम्पन्न भएपछि यही पुस ७ गते विदाई गरिसकेपछि पूजा घर फर्किएकी उनका आफन्तले बताएका छन् । उनले आयु लामो नरहेको क्याप्सन राख्दै मुस्काउनुपर्ने स्टाटस समेत राखेकी थिईन् ।
कक्षा १२ मा पढ्दै गरेकी उनले बिष सेवन गरेकी आफन्तहरुले थाहा पाएपछि उपचारको लागि धनगढी लगिएको थियो । तर, अस्पतालले धामीको अवस्था गम्भिर रहेको यहाँ उपचार हुन नसक्ने बताएपछि आफन्तहरुले कोहलपुर रिफर गरेका थिए ।
उपचारको लागि धनगढीबाट कोहलपुरस्थित मेडिकल कलेजमा पुर्याइएको थियो तर भर्ना लिन नमानेपछि धामीलाई नेपालगञ्ज लगिएको थियो । त्यहाँ पनि चिकित्सकहरुले बचाउन नसकिने भन्दै घर लैजान सल्लाह दिए । अन्ततः उनले यो संसार छोडेर गईन् । यसअघि झापाकी ऋचा सेढाईंले पनि यसरी नै संसारबाट बिदा लिएकी थिईन् । २० बर्षिय सेढाइले आफ्नै कोठामा आत्महत्या गरेकी थिईन् ।
कलकलाउँदै जवानीमा किन गर्छन् आत्महत्या ?
विश्वमा आत्महत्याको भयावह अवस्था छ । त्यसमाथि नेपाल आत्महत्या गर्नेमा विश्वको सातौँ स्थानमा पर्छ । महिलाको आँकडालाई हेर्दा त तेस्रो स्थानमा छ ।मानिसको मन सधैभर एउटै हुदैन । कहिले खुसी त कहिले हतास हुन्छ । तर निरन्तर रुपमा मन दुःखी हुन्छ भने त्यो राम्रो संकेत होइन ।
कहिले काँही हाम्रै आफ्न्तले देखाएको आत्महत्या सम्बन्धि स्वभावको हामीले हेक्का राख्दैनौं । तर पछि उनीहरुले छोडेको आत्महत्यासम्बन्धि नोटदेखेपछि पश्चताप मान्छौ । अत्यधिक रिसका कारणले पनि आत्महत्या गर्ने गर्छन् । सहन नसक्ने घटना, गम्भीर रोग, अपमानबोधका कारणले पनि मानिसले आत्महत्याको बाटो रोज्ने गर्छन् ।
त्यस्तै चरम आर्थिक नोक्सानी, असफल प्रेमजस्ता कारणले पनि मानिस आत्महत्या गर्ने गर्छन् । प्रायः उदास र निराशावादी भावनाका कारण मानिसले आत्महत्यालाई रोज्छन् । आत्महत्या गर्ने समय मानिसले बाँकी जीवनका लागि कुनै पनि विकल्प देखेका हुँदैनन् ।
कतिपय आत्महत्या वंशानुगत कारणले हुने गर्छ । आत्महत्या गर्ने परिवारको इतिहासले पनि मानिसले आत्महत्या गरेको पाइन्छ । काममा असुरक्षा, असन्तुष्टि, निरन्तर दुव्र्यवहारको सामनाका कारण पनि मानिस आत्महत्याको निर्णयमा पुग्छन् ।
पछिल्लो समय पुरुषको तुलनामा महिलाहरुले बढी मात्रा आत्महत्या गर्ने गरेका छन् । नेपाली समाजमा घरेलु हिंसामा परेका महिला, बलात्कार शिकार भएर समाजमा अपहेलित भएका युवती, प्रेममा धोका पाएकाहरुले बढी मात्रामा आत्महत्या गर्ने गरेका छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












