ओसामा बिन लादेनका १२ वर्षीय नाति मारिए
एजेन्सी, १७ पुस । चरमपन्थी संगठन अल-कायदाका एक जिहादी समर्थकले ओसामा बिन लादेनका १२ वर्षीय नाति ओसामा हमजा बिन लादेनको हत्या भएको समाचार सार्वजनिक गरेका छन् । अल कायदाको समर्थनमा रहेको एउटा अनलाइनमा यसबारेको पत्र पनि सार्वजनिक गरिएको छ । जसलाई ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनले लेखेको बताइएको छ ।
एक हाई-प्रोफाइल अनलाइन जिहादी अल वतिक बिल्लाहले ३१ डिसेम्बरमा म्यासेजिङ एप टेलिग्राममा ओसामा बिन लादेनका नातिको मृत्युको खबर दिएका थिए । त्यसपछि हाई प्रोफाइल अल कायदा इनसाइडर सायबत अल हुकमा समेत कयौँ अन्य प्रमुख अल कायदा समर्थकले पनि यो समाचारलाई सेयर गरेका छन् ।
अल बतिकले ओसामा बिन लादेनका नातिको हत्या कसरी र कहाँ भयो भन्ने कुनै जानकारी दिएका छैनन् । तर अर्का अल कायदा समर्थक अबु खल्लाद अल मुहनदिसले यी बालकको हत्या रमजानको महिनामा भएको बताएका छन् । जुन मिति २६ मे देखि २४ जुनसम्म पर्छ ।
अबु खल्लाद अल मुहनदिसले यी बालककी आमा र परिवारलाई लेखेको पत्र सार्वजनिक गर्दै जसलाई हमजा बिन लादेनले लेखेको बताएका छन् । यस पत्रमा हमजा बिन लादेनले बताए अनुसार यी बालकले सदैव एक सहिद जस्तै मर्न चाहेका थिए । उनी सन् २०११ मा ओसामा बिन लादेनको मृत्युपछि धेरै दुःखी थिए ।
हमजा बिन लादेनले आफ्ना भतिजासँगै ओसामा बिन लादेन, ओसामा हमजा बिन लादेन र आफ्ना भाइको हत्याको बदला लिनका लागि जेहाद छेड्न अपिल गरेका छन् । अल वतिक लामो समयदेखि एक अनलाइन जेहादी हो जसले अल कायदासँग जोडिएका जानकारी दिने गरेको छ । यो अनलाइनले दिने जानकारीलाई आधिकारिक पनि मानिन्छ ।
Comments
अरु समाचार
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...











