ओसामा बिन लादेनका १२ वर्षीय नाति मारिए
एजेन्सी, १७ पुस । चरमपन्थी संगठन अल-कायदाका एक जिहादी समर्थकले ओसामा बिन लादेनका १२ वर्षीय नाति ओसामा हमजा बिन लादेनको हत्या भएको समाचार सार्वजनिक गरेका छन् । अल कायदाको समर्थनमा रहेको एउटा अनलाइनमा यसबारेको पत्र पनि सार्वजनिक गरिएको छ । जसलाई ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनले लेखेको बताइएको छ ।
एक हाई-प्रोफाइल अनलाइन जिहादी अल वतिक बिल्लाहले ३१ डिसेम्बरमा म्यासेजिङ एप टेलिग्राममा ओसामा बिन लादेनका नातिको मृत्युको खबर दिएका थिए । त्यसपछि हाई प्रोफाइल अल कायदा इनसाइडर सायबत अल हुकमा समेत कयौँ अन्य प्रमुख अल कायदा समर्थकले पनि यो समाचारलाई सेयर गरेका छन् ।
अल बतिकले ओसामा बिन लादेनका नातिको हत्या कसरी र कहाँ भयो भन्ने कुनै जानकारी दिएका छैनन् । तर अर्का अल कायदा समर्थक अबु खल्लाद अल मुहनदिसले यी बालकको हत्या रमजानको महिनामा भएको बताएका छन् । जुन मिति २६ मे देखि २४ जुनसम्म पर्छ ।
अबु खल्लाद अल मुहनदिसले यी बालककी आमा र परिवारलाई लेखेको पत्र सार्वजनिक गर्दै जसलाई हमजा बिन लादेनले लेखेको बताएका छन् । यस पत्रमा हमजा बिन लादेनले बताए अनुसार यी बालकले सदैव एक सहिद जस्तै मर्न चाहेका थिए । उनी सन् २०११ मा ओसामा बिन लादेनको मृत्युपछि धेरै दुःखी थिए ।
हमजा बिन लादेनले आफ्ना भतिजासँगै ओसामा बिन लादेन, ओसामा हमजा बिन लादेन र आफ्ना भाइको हत्याको बदला लिनका लागि जेहाद छेड्न अपिल गरेका छन् । अल वतिक लामो समयदेखि एक अनलाइन जेहादी हो जसले अल कायदासँग जोडिएका जानकारी दिने गरेको छ । यो अनलाइनले दिने जानकारीलाई आधिकारिक पनि मानिन्छ ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












