ओली र प्रचण्ड वाईकट हुने संकेत, माधव नेपाल पार्टी अध्यक्ष, ईश्वर पोखरेल प्रधानमन्त्री !
काठमाडौं, १७ पुस । एमाले माओवादीभित्र पार्टी भागबण्डा र सरकारको नेतृत्वबारे विवाद भईरहेका बेला नयाँ प्रस्ताव बाहिर आएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले यस्तो प्रस्ताव ल्याएका हुन् । यदि उनको प्रस्ताव मान्ने हो भने एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिबाट सन्यास लिनुपर्ने हुन्छ ।
एमाले र माओवादी केन्द्रवीचको पार्टी एकताका लागि नयाँ विकल्प अघि सार्दै भट्टराईले दोस्रो र तेस्रो पुस्तालाई अवसर दिनुपर्ने बताएका छन् । उनले पदीय व्यवस्थापनमा समस्या देखिएकोले प्रमुख नेताद्धय ओली र प्रचण्डले अभिभावकीय भूमिका निर्वाह गर्ने र पार्टी नेतृत्व र अब बन्ने सरकारको नेतृत्वको लागि नयाँ पुस्तालाई प्रेरित गर्नुपर्ने विकल्प अघि सारेका हुन् ।
उनले अनौपचारिक रुपमा यसबारेमा पार्टीका शीर्ष नेताहरुसँग छलफल सुरु गरिसकेका छन् । नेता भट्टराईले पार्टी अध्यक्षको जिम्मेवारी बरिष्ठ नेता माधव कुमार नेपाललाई दिनुपर्ने र प्रधानमन्त्रीमा महासचिव ईश्वर पोखरेललाई अघि सार्नुपर्ने धारणा राखेका छन् ।
पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकिरहेको बेला योगेशको यस्तो धारणा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । दुवै पार्टीका शीर्ष नेताहरुले सरकार गठन अगावै पार्टी एकता हुने धारणा राखेका छन्। तर ओली प्रधानमन्त्री बनाउने कुरामा करिब करिब दुवै पार्टीका नेताहरुको सहमति भएपनि अध्यक्षमा प्रचण्डलाई स्विकार्न एमाले नेताहरु तयार नभएको देखिएको छ । यसले गर्दा एकतामा ढिलाई भईरहेको नेताहरुले बताएका छन् ।
माओवादी केन्द्रका नेताहरुले सरकारले नेतृत्व ओली र पार्टी अध्यक्ष प्रचण्ड बन्नुपर्नेमा जोडदिईरहेका छन् । भने एमाले नेताहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति बन्नुपर्ने भन्दा माओवादी प्रस्तावमा असहमति प्रकट गरिरहेका छन् । जसले गर्दा पार्टी एकिकरण र नयाँ सरकार गठन गर्न वाम गठबन्धनलाई सकस भईरहेको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












