ओली र प्रचण्ड वाईकट हुने संकेत, माधव नेपाल पार्टी अध्यक्ष, ईश्वर पोखरेल प्रधानमन्त्री !
काठमाडौं, १७ पुस । एमाले माओवादीभित्र पार्टी भागबण्डा र सरकारको नेतृत्वबारे विवाद भईरहेका बेला नयाँ प्रस्ताव बाहिर आएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले यस्तो प्रस्ताव ल्याएका हुन् । यदि उनको प्रस्ताव मान्ने हो भने एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिबाट सन्यास लिनुपर्ने हुन्छ ।
एमाले र माओवादी केन्द्रवीचको पार्टी एकताका लागि नयाँ विकल्प अघि सार्दै भट्टराईले दोस्रो र तेस्रो पुस्तालाई अवसर दिनुपर्ने बताएका छन् । उनले पदीय व्यवस्थापनमा समस्या देखिएकोले प्रमुख नेताद्धय ओली र प्रचण्डले अभिभावकीय भूमिका निर्वाह गर्ने र पार्टी नेतृत्व र अब बन्ने सरकारको नेतृत्वको लागि नयाँ पुस्तालाई प्रेरित गर्नुपर्ने विकल्प अघि सारेका हुन् ।
उनले अनौपचारिक रुपमा यसबारेमा पार्टीका शीर्ष नेताहरुसँग छलफल सुरु गरिसकेका छन् । नेता भट्टराईले पार्टी अध्यक्षको जिम्मेवारी बरिष्ठ नेता माधव कुमार नेपाललाई दिनुपर्ने र प्रधानमन्त्रीमा महासचिव ईश्वर पोखरेललाई अघि सार्नुपर्ने धारणा राखेका छन् ।
पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकिरहेको बेला योगेशको यस्तो धारणा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । दुवै पार्टीका शीर्ष नेताहरुले सरकार गठन अगावै पार्टी एकता हुने धारणा राखेका छन्। तर ओली प्रधानमन्त्री बनाउने कुरामा करिब करिब दुवै पार्टीका नेताहरुको सहमति भएपनि अध्यक्षमा प्रचण्डलाई स्विकार्न एमाले नेताहरु तयार नभएको देखिएको छ । यसले गर्दा एकतामा ढिलाई भईरहेको नेताहरुले बताएका छन् ।
माओवादी केन्द्रका नेताहरुले सरकारले नेतृत्व ओली र पार्टी अध्यक्ष प्रचण्ड बन्नुपर्नेमा जोडदिईरहेका छन् । भने एमाले नेताहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति बन्नुपर्ने भन्दा माओवादी प्रस्तावमा असहमति प्रकट गरिरहेका छन् । जसले गर्दा पार्टी एकिकरण र नयाँ सरकार गठन गर्न वाम गठबन्धनलाई सकस भईरहेको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












